ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

बालश्रम शोषण विरुद्ध र्‍याली

१६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर २०७९, शुक्रबार

चन्द्रौटा(कपिलवस्तु), १६ मंसिर ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा बालश्रम शोषण तथा दासता विरुद्धको सडक ¥याली निकालिएको छ । अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवसको अवसरमा शुक्रबार कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।

“सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नाराका नगरपालिकाले आयोजना गरेको कार्यक्रममा शान्ति पुनस्र्थापना गृह कपिलवस्तु, सामाजिक विकास मञ्च र किर्डाक नेपाल लगायत संस्थाहरु सहभागी भइ चन्द्रौटा बजार परिक्रमा गरी कार्यक्रम चोकमा कोणसभा परिणत भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले १६ दिने अभियानमा मात्रै नभएर लैंगिक हिंसा लगायत अन्य आपराधिक गतिविधि नियन्त्रणमा लागेको बताइन् । यस अभियानले सभ्य समाज निर्माणमा अह्म भूमिका खेल्ने गरेकोले यसलाई निरन्तरता दिएको उनले दावी गरिन् ।

यस क्षेत्रमा १६ दिनका लागि आम नागरिकलाई सुसुचित गर्न सबै संघ संस्थाले प्रभावकारी भूमिका खेलेको समेत उनले उल्लेख गरिन् । विशेषगरी पिछडिएका अशिक्षित समुदायलाई मूलधारमा ल्याउने प्रयासमा रहेको उपप्रमुख थारुले जनाइन् ।

यसैबीच चन्द्रौटा उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष ईश्वरी पाण्डेले कोणसभालाई सम्बोधन गर्दै पछिल्लो हिंसाका घटना न्यूनीकरण भएको जनाउँदै आगामी दिनमा ग्रामीण भेगमा आवश्यक रहेको बताए । कुनै एउटा संस्था मात्र नभएर सबैले आ–आफ्नो ठाउँबाट हिंसा नहुने भूमिका खेल्नुपर्ने उनले बताए ।

शिक्षाको पहुँच नभएका क्षेत्रलाई मध्यनजर गर्दै सचेतना मुलक कार्यक्रम गर्नुपर्ने अध्यक्ष पाण्डेले जिकिर गरे । यसैबीच मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णुप्रसाद खतिवडाले बालश्रम शोषण लगायत हिंसा सबै मिली अत्य गर्नुपर्नेमा जोडदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?