© २०२३
दाङ, १२ साउन ।
दाङमा खाटबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका–२, विष्णुपुरका ५९ वर्षीय पदम बहादुर वली हुन् ।
सोमबार बिहान साढे ५ बजे आफ्नै घरमा खाटबाट लडेको अवस्थामा उनको श्रीमतीले भेटेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो ।
उपचारकै क्रममा उनको विहान ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।