© 2026
गुल्मी, १२ साउन ।
गुल्मीमा आजभोलि चितुवाको आतङ्क बढ्दै गएको छ । चितुवाको आतङ्क बढेसँगै धुर्कोट गाउँपालिका ४ जैसिथोकमा आइतबार चितुवाले चार वटा बाख्रा मारिदिएको छ ।
धुर्कोट जैसिथोक निवासी गोपे स्थित तिलकुमारी खत्री गौतम र दुर्गा खत्री गौतमका चार वटा बाख्रा जङ्गलमा चर्दै गरेको अबस्थामा चितुवाले मारिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिएका छन् ।
आइतबार दिउँसो देउराली सामुदायिक वनको जङ्गलमा बाख्रा चर्दै गरेको अबस्थामा चितुवाले आक्रमण गरी मारेको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समयमा वस्तीहरूमा चितुवाको आतंङ्क बढ्न थालेको छ ।
सदरमुकाम तम्घास स्थित उपल्लो तम्घासमा पनि केहीदिन अघि चितुवा दौडिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीयहरू त्रसित बनेका छन् । मानिसहरू चितुवाको त्रासका कारण बिहान बेलुका हिड्डुल गर्न समेत छोडेका छन् ।