© २०२३
बुटवल, १६ मंसिर ।
रुपन्देही डेरी ब्यवसायी समितिले आफ्नो १४ औ स्थापना दिवस रक्तदान कार्यक्रम गरी मनाएको छ । रुपन्देही डेरी ब्यवसायी समितिको आयोजना तथा बुटवल उद्योग वाणिज्य संघ डेरी वस्तुगत समितिको सहआयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम गरिएको हो । एक कार्यक्रमका बीच बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले शुभारम्भ गर्दै सामाजिक कार्यमा बुटवलका ब्यावसायिक संस्थाहरुको योगदान रहेको बताए । रुपन्देहीमा हुने रगतको मागलाई यहाँका संघको वस्तुगत उपसमितिहरुबाट गरिने रक्तदान कार्यक्रमबाट सहयोग भएको उनले बताए ।
कार्यक्रममा समितिका अध्यक्ष अमृतसिंह भण्डारीले ब्यावसायिक हकहितसँगै सामाजिक उत्तरदायित्वमा समेत ब्यवसायीहरुको योगदान रहेको बताए । विभिन्न दिवसमा रचनात्मक गतिविधिका साथै दुधपान, रक्तदानका साथै ब्यवसायीहरुको क्षमता विकासका लागि अन्तत्र्रिmया, तालिमहरु गरिदै आएको उनले बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले ब्लड बैकमा नियमित कार्यक्रम भएपनि रगतको अभाव रहेको बताए । रक्तदानप्रति अझै पनि मानिसहरुमा गलत सोच हाबी हुँदा दाता कम भएकाले अधिकांश समय रगतको अभाव देखिने गरेको उनले बताए ।
रुपन्देहीमा दैनिक एक सय युनिट रगतको रगत माग रहेको उनले बताए ।
कार्यक्रम संयोजक विष्णु पाण्डेले ५० युनिट रगत संकलन भएको बताए । समितिमा हाल ४ सय सदस्यहरु दुग्ध ब्यवसायमा आवद्ध छन् । कार्यक्रममा समितिका सल्लाहकार कृष्ण भट्टराई, महासचिव पदम पौडेलले रक्तदानको महत्व बुझाउने गरी कार्यक्रम गरिदै आएको बताए ।