© 2026
नवलपरासी पश्चिम,१० साउन ।
भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा भित्रने सेतो अण्डा त्रिवेणी बजारका होटल तथा स-साना खाजा पसल देखि किराना पसलमा छ्यापछ्यापी देखिएका छन्।
कानुनसम्मत बन्देज भए पनि प्रहरी प्रशासनको आँखा छलेर अण्डा सिमा बाट नेपाल भित्रने गरेको छ ।
उसो त यस विषयमा प्रहरी प्रशासन बेखबर भने छैन तर नियम निकाय मुख बनेर बसेका छन् ।पर्यटकको आकर्षण रहने दिनहुँ सय पर्यटक भित्रने त्रिवेणीमा खुलेआम रूपमा प्रतिबन्धित सेतो अण्डा बिक्री भइरहँदा आम पर्यटक एवं उपभोक्ताको स्वास्थ्य चौकीमा खेलवाड भइरहेको छ ।
त्रिवेणीमा मात्रै होईन जिल्लाको गोपी गन्ज,परासी देखि अधिकांश ठाउँमा निर्वाध रूपमा सेतो अण्डा बेचबिखन भइरहेको छ ।अनुगमन गर्ने सम्बन्धित नियम निकायले प्रचारमुखी अनुगमन गरे पनि प्रतिबन्धित सेतो अण्डा बेचबिखनमा रोक लगाउन कसैको ध्यान पुगेको देखिँदैन ।
यसले आम उपभोक्ताको स्वास्थ्यमा असर पर्ने जोखिम त रहेकै छ भने अर्कातिर नेपाली अण्डाको बजार समेत प्रभावित भएको छ। यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरा पालक किसान निराश हुँदै गएका छन् ।
पटक पटक प्रहरी प्रशासन,स्थानीय तह,भिडियोलाई ध्यानाकर्षण गराई छलफल गर्दा यस विषयमा कसैले चासो नलिएको अण्डा उत्पादक सङ्घ नवलपरासीका पूर्व अध्यक्ष गोविन्द थापाले बताए ।
सिडिओ ,सहायक सिडिओ,एसपी,डिएसपी सँग पटक पटक छलफलमा बस्यौं तर चासो लिएन,हामी अण्डा उत्पादक किसान भारतीय सेतो अण्डा खुलेआम भित्रका निकै मारमा छौँ थापाले भने ।
रोगको सङ्क्रमणका कारण कानुनी रूपमा प्रतिबन्धित अण्डा निर्वाध रूपमा सीमा क्षेत्र पार गरेर आएको किसानहरूको गुनासो छ।
बेला बेला तस्करहरू सँगै प्रहरीको मिलेमतो भएको भन्ने टीकाटिप्पणी भइरहँदा किसानहरूले सेतो अण्डा भित्रमा पनि आशङ्का व्यक्त गरेका छन् ।
किसानले लागत मूल्य पाएर केही हदसम्म राहत पाउन थालेको बेला एकाएक भारतीय अण्डा भित्रिएपछि बजारमा समस्या देखिएको बर्दघाट १४ स्थिति जिसी पोल्ट्री फर्मका सञ्चालक हरि जिसीले बताए।
हामीले मझौला साइजको अन्डा बल्ल तल्ला अधिकतम भनेको ४ सय ६० मा बेच्नु पर्ने हुन्छ,सेतो अण्डा लगभग दुई सयकै हाराहारी पाइन्छ,अब हामीले कसरी प्रतिस्पर्धा गर्ने हो उनले भने । जिसीको फर्मबाट मासिक झन्डै ८० हजार बढी अण्डा उत्पादन हुने उनले बताए ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेलवासापुर एसपी सन्तोष रायमाझीले भारतीय सीमाबाट भित्रने अवैध कुखुराको व्यापक रूपमा नियन्त्रण गरिएको भए पनि अनेक तवरले लुकाएर ल्याइने सेतो अण्डाको नियन्त्रणमा त्यति उल्लेख काम गर्न नसकिएको बताए ।
कुखुरा सहितका झन्डै एक सय ओटा मोटरसाइकल त हामीले समाएर बुझाएका छौँ,अण्डाको हकमा अनुगमन समिति पनि छ,यदा कद बजारमा देख्ने पनि गरिन्छ सेतो अण्डा तर त्यति नियन्त्रण चाहिँ भएको छैन,हामीले कोसिस नगरेको पनि होईन एसपी रायमाझीले भने ।
सरकारले भारतीय अवैध अण्डा रोक्नुपर्छ। जसले नेपालको आत्मनिर्भर बनेको अण्डा उत्पादन क्षेत्रलाई जीवित राख्छ सक्ने आम कृषकहरूको भनाई छ ।