ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बागमतीका मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसकै सांसदको अविश्वास प्रस्ताव दर्ता

९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

बुटवल, ९ साउन ।

बागमती प्रदेशको मुख्यमन्त्रीको लागि कांग्रेस संसदीय दलभित्र अन्तरद्वन्द्व सुरु भएको छ। कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बहादुर सिंह लामा वर्तमान मुख्यमन्त्री छन् भने कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीको कुर्सी हत्याउने खेलमा छन्।

४ मंसिर २०७९ को आम निर्वाचनमा नुवाकोटबाट प्रतिनिधि सभा सांसदमा चुनाव लड्ने तयारीमा जुटिरहेका लामालाई पार्टी सभापति शेरबहादुर देउवाले बागमतीको मुख्यमन्त्री बनाउने सर्तमा प्रदेशको टिकट थमाएका थिए।

लामा निर्वाचित भएर प्रदेश सभा आएदेखि नै उनले बोल्ने एउटै शब्द थियो, ‘तामाङको छोरा हुँ। लप्पनछप्पन जान्दिनँ। पार्टी सभापतिले मुख्यमन्त्री बन्नपर्छ, प्रदेशमा जा भनेर टिकट थमाएपछि मात्रै आएको हुँ। मुख्यमन्त्री बन्न संसदीय दलको चुनाव लड्छु। तर कसैलाई सर्लक्क छोडिँदैन।’

उनको यही बोलीले १३ पुस २०७९ मा संसदीय दलको निर्वाचन भयो। लामा र बानियाँ दलको नेताको उम्मेदवार बने। प्रदेश सभामा रहेका कांग्रेसका ३७ सांसदहरूमध्ये २१ मत लामाको पक्षमा खस्यो। १६ मत पाएर बानियाँ पराजित भए।

यतिबेलासम्म बानियाँको मुख्यमन्त्री बन्ने दाउ तेस्रो पटकको लागि टुङ्गिएको थियो। दोस्रो कार्यकाल निर्वाचित भएर आएका उनले पहिलो कार्यकालमा मुखैमा आइसकेको मुख्यमन्त्रीको कुर्सीको स्वाद चाख्न नपाएको परिस्थिती थियो।

त्यसपछि लामा माओवादी नेतृत्वको सरकारमा अर्थमन्त्री बने। केही समयमै कांग्रेस सरकारबाट बाहिरिने स्थिती बन्यो। केन्द्रमा राजनीतिक सत्ता समीकरण बदलियो। यो सँगै कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहँदा माओवादीकै नेतृत्वको सरकारमा एमाले सहभागी भयो।

प्रदेश केन्द्रकै राजनीतिको ढाडसमा चलिरहेको छ। जसअनुसार केन्द्रमा नयाँ समीकरणको सरकार गठन भएसँगै बागमतीमा पहिलो पटक कांग्रेसले नेतृत्व गर्ने अवसर प्राप्त गर्‍यो। प्रदेश स्थापना भएदेखि सरकारको नेतृत्व गर्ने अवसर कांग्रेसको पोल्टामा परेको थिएन।

जब, कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्ने पक्कापक्की भयो, तब मुख्यमन्त्रीको आकांक्षी इन्द्रबहादुर बानियाँ पनि सक्रिय भए। मुख्यमन्त्री फुत्काउन दुई नेताहरू केन्द्र धाइरहे। दुई नेतालाई मिलाउन केही उपाय नलागेपछि पार्टी सभापति शेरबहादुर देउवाले आधा/आधा समय मुख्यमन्त्री बन्ने सहमती गराएको बानियाँ निकट स्रोत बताउँछ।

सोही सहमती अनुसार लामाले १ वर्ष प्रदेश सरकारको नेतृत्व गरे। ९ साउन २०८१ मा मुख्यमन्त्रीको कार्यभार सम्हालेका उनको शुक्रबार (आज) एक वर्ष पूरा भएको छ। वर्षदिन पूरा भएको अवसरमा खुसीयाली मनाउन पर्ने बेला मुख्यमन्त्री लामालाई आफ्नै दलका सांसदहरूले मुख्यमन्त्री पद हत्याउन राजनीतिक खेल सुरुवात गरेर सप्राइज दिएका छन्।

जस अनुसार शुक्रबार मुख्यमन्त्री एवम् कांग्रेस बागमती संसदीय दलका नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

लामाले मुख्यमन्त्री नियुक्त हुँदैगर्दा आधा/आधा समय मुख्यमन्त्री बन्ने सहमती कार्यान्वयन नगरी राजीनामा नदिएको भन्दै बानियाँलाई कांग्रेस संसदीय दलको नेता बनाएर मुख्यमन्त्री परिवर्तन गर्न कांग्रेसका ४ मन्त्रीहरूले समेत राजीनामा दिएका छन् ।

कांग्रेस सभापति शेर बहादुर देउवा निवासमा भएको सहमती अनुसार मुख्यमन्त्री लामाले राजीनामा नदिएपछि सांसदहरू र मन्त्री आफैंले दबाब दिनुपरेको प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले बताए।

इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउन आफूहरूले मन्त्री पदबाट राजीनामा दिएको बताउँदै मन्त्री श्रेष्ठले दलको नेता फेरेर मुख्यमन्त्री नै परिवर्तन गर्ने उदेश्यले अविश्वासको प्रस्ताव दर्ता गराइएको जानकारी दिए।

बागमती प्रदेश सरकारमा रहेका ४ मन्त्रीहरूले मुख्यमन्त्री बहादुर सिंह लामा समक्ष राजीनामा बुझाएका छन्। हेटौंडा बाहिर रहेका मुख्यमन्त्री लामालाई ह्वाट्सयाप मार्फत राजीनामा पत्र बुझाएको मन्त्रीहरूले बताएका छन्। प्रदेश सरकारमा रहेका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन र संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले राजीनामा बुझाएका हुन् ।

त्यसोत, दलका नेता समेत रहेका लामा मुख्यमन्त्री हुँदै गर्दा जवाफदेही भूमिका निर्वाह नगरेको कारण राजीनामा माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराइएको सांसद इन्द्रबहादुर बानियाँले बताए।

‘लोकतान्त्रिक कांग्रेस पार्टीभित्र जनताको आकांक्षा, समृद्धि र योजनाहरूलाई अगाडि बढाउन नसक्ने कमजोर भूमिकाका कारण दलको नेतामाथि अविस्वासको प्रस्ताव दर्ता गर्नुपर्ने स्थिती सिर्जना भयो, सांसद बानियाँले भने, ‘दलको नेतामाथि प्रदेशका माननीयज्यूहरू तथा प्रदेशवासी र पार्टीले जुन भरोसा गरेको थियो, त्यो उहाँले पूरा गर्न सक्नुभएन।’

देउवा निवासमा भएको सहमती अनुसार मुख्यमन्त्री लामाले राजीनामा नदिएपछि सांसदहरू र मन्त्री आफैंले दबाब दिनुपरेको बताइएको छ। मुख्यमन्त्रीको कार्यशैलीप्रति चित्त नबुझेको कारण अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने स्थिती सिर्जना भएको सांसद बानियाँले बताए।

हाल मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्तामा हस्ताक्षर गरेका २१ सांसदले बानियाँलाई नै मुख्यमन्त्री बनाउने सर्त सहित हस्ताक्षर गरेको सांसद बानियाँको दाबी छ।

बागमतीको मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसभित्र अन्तरसंघर्ष चलिरहेको छ। लामाको बहिर्गमन पश्चात मुख्यमन्त्री बन्न इन्द्रबहादुर बानियाँ अगाडि सरेका छन्। पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व परिवर्तन हुने स्पष्ट निर्देशन दिएपछि बानियाँ पक्ष अगाडि बढेको सांसदहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?