ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

पत्रकार महिलाको सुरक्षा नीति मस्यौदा महासङ्घलाई हस्तान्तरण 

९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

दाङ , ९ साउन ।

पत्रकार महिला मञ्चले पत्रकार महिलाको सुरक्षा नीति निर्माण सम्बन्धी मस्यौदा तयार गरी  नेपाल पत्रकार महासङ्घ दाङ शाखालाई हस्तान्तरण गरिएको छ ।

पत्रकार महिला मञ्चले शुक्रबार घोराहीमा एक कार्यक्रम गरी पत्रकार महिलाको सुरक्षा नीति निर्माणका विषयमा तयार पारिएको मस्यौदा नेपाल पत्रकार महासङ्घलाई हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखामार्फत जिल्ला स्थित मिडिया हाउसबाट कार्यान्वयनमा ल्याउने गरी तयार पार्न लागिएको महिलाको पेसागत सुरक्षा नीतिले पत्रकार महिलाको पेसागत तथा भौतिक सुरक्षामा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

कार्यक्रममा पत्रकार महिला मञ्चका अध्यक्ष  लक्ष्मी आचार्य, तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन,  पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीलगायत पत्रकारहरूको सहभागितामा हस्तान्तरण गरिएको हो ।

पत्रकार  महिलाको सुरक्षा नीतिले पत्रकार महिलाहरूको पेसागत, भौतिक, मानसिक, सामाजिक र समग्र सुरक्षाको सवाल सम्बोधन गर्न सहज हुने बताइएको छ ।

कार्यक्रममा महासङ्घका सचिव प्रियासनले हस्तान्तरण गरिएको मस्यौदालाई  पत्रकारितामा महिलाहरुलाई पेसागत आकर्षण बढाउँदै उनीहरूको सुरक्षा हुने विषय सम्बोधन गर्ने खालको नीति बनाउन सुझाव दिए ।

महिलाको हरेक संवेदनशीलतालाई ख्याल गरेर नीति बनाउन सकेको अवस्थामा नेपाल पत्रकार महासङ्घको विधानलाई थप समृद्ध बनाउन सहयोग पुग्ने वक्ताहरूको विश्वास छ ।

कार्यक्रममा महासङ्घ दाङ शाखा अध्यक्ष  सन्तोष सुवेदी, उपाध्यक्षद्वय नारायणी रजाैरे, ओपेन्द्र बस्नेत, सल्लाहकार दुर्गालाल केसी,  चुमा आचार्यलगायतले पत्रकार महिलाको सुरक्षा नीति निर्माण दाङका लागि स्वागतयोग्य विषय भएको भन्दै नीतिलाई पूर्णता दिएर कार्यान्वयनमा लैजान सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यस्थलमा भौतिक एवं पेसागत सुरक्षा, पत्रकार महिलाहरूप्रति हुन सक्ने यौनजन्य दुर्व्यवहार, मानसिक हिंसा तथा अन्य कुनै पनि प्रकारका महिलाविरुद्धका हिंसाबाट जोगाउने व्यवस्था गर्ने  पत्रकार महिला सुरक्षा नीतिको मुख्य उद्देश्य रहेको छ ।

नीतिले मर्यादित, सुरक्षित र समान कार्य वातावरण सुनिश्चित गर्ने, पीडितलाई आवश्यक

सहयोग प्रदान गर्ने, दोषीलाई उचित कारबाहीको दायरामा ल्याउने तथा यस्ता घटना हुन नदिन पूर्व सावधानी र सचेतनामूलक उपायहरू अवलम्बन गर्ने व्यवस्थालाई संस्थागत बनाउने लक्ष्य राखिएको  पत्रकार महिला मञ्चकी अध्यक्ष लक्ष्मी आचार्यले बताइन ।

पत्रकारिता क्षेत्रमा महिलाको सक्रिय सहभागिता, आत्मबल र नेतृत्व विकासलाई प्रोत्साहन गर्दै कार्यस्थलमा महिला मैत्री वातावरण सुनिश्चित गर्नु नीतिको मूल उद्देश्य रहेको उनले बताइन ।

पत्रकार सुरक्षा नीतिको मस्यौदाको खाका तयार  पार्न सामाजिक अभियन्ता प्रदीप मजगैयाले स्पष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार महिला मञ्चकी उपाध्यक्ष सुशीला आचार्यले लगायत धारणा राखेका थिए ।

यसैबिच, पत्रकार महिला मञ्चले तयार पारेको नीतिको मस्यौदा ग्रहण गर्दै पत्रकार महासङ्घले धन्यवाद ज्ञापन गरेको छ । उक्त मस्यौदा माथि बृहत् छलफलबाट अन्तिम रूप दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?