ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

भिजिट भिसा चिन्ताको विषय होइन, अभ्यास गरिसकिएको कुरा हो : कांग्रेस

९ श्रावण २०८२, शुक्रबार
९ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसाको विषयलाई लिएर संसदमा भइरहेको निरन्तर बहस र अवरोधप्रति आलोचना गरेका छन्।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भिजिट भिसाको विषयमा अनावश्यक रूपमा चिन्ता व्यक्त गरिँदै आएको भन्दै, यस्तो विषयमा राजनीतिक अति नदेखाउन आग्रह गरे।

प्रत्यक्ष रूपमा रास्वपा र त्यसका सभापति रवि लामिछानेतर्फ संकेत गर्दै घिमिरेले भिजिट भिसाको विषय उठाउनेहरू आफैं अतीतमा त्यसैबाट लाभान्वित भएको उल्लेख गरे।

उनले स्पष्ट शब्दमा भने, “हामीले एउटा अभ्यास गरिसकेका छौँ – भिजिट भिसामा विदेश जाने, त्यहाँको नागरिकता लिने, घरजम गर्ने, नेपाल फर्कने, दुई-चार काण्ड मच्चाउने, पार्टी खोल्ने र गृहमन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म पुग्ने। त्यो अभ्यास देखिसकेकाले अब त्यसमा चिन्ता गर्नु आवश्यक छैन।”

उनले यस्तो पृष्ठभूमिबाट आएका नेताहरूले अहिले भिजिट भिसाको विषयमा नै सबैभन्दा बढी चिन्ता देखाउनु विडम्बनापूर्ण भएको बताए

। घिमिरेका अनुसार कुनै पनि देशको कानुनअनुसार भिजिट भिसा लिएर नागरिकता लिनु, घरजम गर्नु, त्यसपछि त्यहाँको पासपोर्ट धारण गर्नु अनुचित कार्य हो र अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि अस्वीकृत मानिन्छ।

उनले भने, “मलाई आश्चर्य लाग्छ — जसले यस्तै प्रक्रियाबाट यहाँसम्मको सफलताको यात्रा तय गर्नुभयो, अहिले त्यही कुरा लिएर संसदमा अवरोध गरिरहनु भएको छ।”

यस्तो दोहोरो मापदण्ड र विगतलाई बिर्सेर गरिएको आलोचना राजनीतिक हिसाबले पनि स्वाभाविक नहुने घिमिरेको धारणा थियो।

उनले रास्वपा सांसदहरूलाई लक्षित गर्दै भने, “भोलिका दिनमा अरू पनि भिजिट भिसाबाट फर्किने छन् र त्यसै अभ्यास दोहोर्‍याउने छन्। त्यसैले यत्रो चिन्ता लिनुपर्ने विषय होइन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?