Butwal Today

नेपाली कांग्रेसका ४ सांसदको विषयगत समिति फेरबदल

९ श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका चार सांसदहरूको विषयगत समिति हेरफेर गरिएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले यसबारे प्रस्ताव प्रस्तुत गरे, जसलाई सभाले सर्वसम्मतिले पारित गर्‍यो।

हेरफेरअनुसार, दिक्पालकुमार शाही कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट महिला तथा सामाजिक मामिला समितिमा गएका छन्।

विष्णुकुमार कार्की त्यही समितिबाट पूर्वाधार विकास समितिमा सरुवा भएका छन्।

यसैगरी, प्रतिमा गौतम पूर्वाधार विकास समितिबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पुगेकी छन् भने आशा बिक महिला तथा सामाजिक मामिला समितिबाट कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सरुवा भएकी छन्।

यसरी समितिको पुनर्संरचनासँगै कांग्रेस प्रतिनिधित्वको भूमिकामा केही फेरबदल आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?