Butwal Today

फोर्स गाडी दुर्घटना हुँदा १२ जना घाइते

९ श्रावण २०८२, शुक्रबार
अ+
अ-

सुर्खेत,९ असार ।

सुर्खेतबाट जुम्ला जाँदै गरेका फोर्स गाडी दैलेखमा दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् । जसमध्ये दुई जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 

कर्णाली प्रदेश ०२–००१ ज ००४६ नम्बरको फोर्स गाडी दैलेखको दुल्लू नगरपालिका–१ तल्लो डुंगेश्वर डुंगेल मन्दिर नजिक दुर्घटना भएको हो ।

उक्त गाडीमा १९जना यात्रुहरु सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारकोे लागि प्रदेश अस्पता कालागाउँ पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेश बरालले जानकारी दिए । घाइतेहरुको अहिले उपचार भइरहेको बरालले बताए ।

 

प्रहरीका अनुसार उकालो स्थानमा यात्रु चढाउन लाग्दा गाडी व्याक गएर सडकबाट करिव १५ मीटर तल खोल्सामा खसेको हो । दुर्घटना लगत्तै चालक फरार भएको र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।