Butwal Today

घिमिरेको कटाक्ष: भिजिट भिसाबाटै उपप्रधानमन्त्री बन्नेहरू चिन्तित नबन्नुहोस

९ श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, ९ साउन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसाको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० अत्यधिक चिन्तित देखिनु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले भिजिट भिसाको आधारमा नागरिकता लिई उतै घरजम गरी फर्किएर नेपालमा उपप्रधानमन्त्रीसम्मको पदमा पुगेका व्यक्तिहरू पनि रास्वपाकै पङ्क्तिमा रहेको तर्क गर्दै, यस्तो पृष्ठभूमिका व्यक्ति र पार्टीले भिजिट भिसाको विषयमा अत्यधिक चासो देखाउनु उपयुक्त नभएको बताए।

उनले रास्वपाका थुप्रै नेताहरू र सांसदहरू आफैं भिजिट भिसाबाटै हालको स्थानमा आइपुगेको आरोपसमेत लगाए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?