Butwal Today

खडेरीले आक्रान्त मधेस, नारायणकाजीद्वारा राहत प्याकेजको माग

९ श्रावण २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ, ९ साउन ।

लगातारको वर्षा अभावका कारण देशभर गर्मीको असर तीव्र बनेको छ भने तराई–मधेसका जिल्लाहरू गम्भीर खडेरीको चपेटामा परेका छन्।

खेतबारीमा रोपाइँ ठप्प भएको छ भने खानेपानी समेत अभाव हुन थालेपछि जनजीवन कष्टकर बनेको छ।

यसै सन्दर्भमा प्रदेश सरकारद्वारा मधेसलाई “सुखा क्षेत्र” घोषणा गरिएको छ। यता सङ्घीय सरकारले पनि मधेस प्रदेशका सबै जिल्लालाई “विपद् सङ्कटग्रस्त क्षेत्र” घोषणा गरिसकेको छ।

पूर्व उपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो फेसबुकमार्फत खडेरीबाट प्रभावित जनताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्।

उनले लेखेका छन्, “खडेरीको कारण रोपाइँ मात्र होइन, खानेपानी समेत समस्या भएको छ। तर अहिलेसम्म सरकारले त्यसतर्फ समुचित ध्यान दिन सकेको छैन। तत्काल राहत प्याकेज घोषणा गरियोस्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?