© 2026
काठमाडौं, ९ साउन।
देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । फलस्वरूप देशका अधिकांश भूभागमा गर्मी बढ्न थालेको छ ।
आज काठमाडौं, पोखरा, ताप्लेजुङ, विराटनगर, डडेलधुरा लगायतका स्थानहरूमा पानी पर्ने सम्भावना रहेको छ । यी क्षेत्रहरूमा मनसुनी वायुको प्रभाव केही कमजोर हुँदा तुलनात्मक रूपमा तापक्रम मध्यम रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर, मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवामा आज तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । त्यस्तै जनकपुरमा ३८, दिपायलमा ३७.७ र सिमरामा ३७.६ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने अनुमान गरिएको छ ।
गर्मी बढ्दै गएपछि जनतालाई स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।