ट्रेंडिंग:

>> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

कर्णालीमा डेंगु संक्रमण तीव्र, औलोको जोखिम पनि बढ्दो

८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

सुर्खेत, ८ साउन ।

पछिल्ला पाँच वर्षमा कर्णाली प्रदेशमा डेंगु संक्रमण तीव्र गतिमा फैलिएको पाइएको छ। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७७\०७८ मा ६ सय ३९ जना डेंगु संक्रमित भेटिएकोमा २०८१\०८२ मा यो संख्या बढेर १ हजार ८ सय ३७ पुगेको छ ।

साउन र भदौ महिनामा डेंगु संक्रमणको जोखिम अत्यधिक हुने भएकाले कर्णालीका १० वटै जिल्लामा राष्ट्रिय सचेतना अभियान सुरु गरिएको निर्देशनालयका सूचना अधिकारी पद्म केसीले जानकारी दिए ।

उनका अनुसार, लार्भा नष्ट गर्न र लामखुट्टेको वृद्धि नियन्त्रणका लागि ’खोज र नष्ट गर’ अभियान सञ्चालनमा ल्याइएको छ। शुक्रबार सामाजिक विकासमन्त्रीसहित सरोकारवाला निकायहरूसँग छलफल कार्यक्रम पनि तय गरिएको छ ।

यस्तै, कर्णालीमा डेंगुसँगै औलोको जोखिमसमेत बढ्न थालेको छ। विशेषगरी तराईमा सीमित देखिने औलो रोग अब हिमाली जिल्लाहरू—जस्तै हुम्ला, कालिकोट, दैलेख र सुर्खेत—मा समेत फैलिएको छ ।

२०७८\८२ को तथ्यांकअनुसार प्रदेशभर ३८ जना औलो संक्रमित भेटिए, जसमध्ये ३७ जना आयातित तथा १ जना स्थानीय संक्रमित थिए । हुम्लाको ताँजाकोट गाउँपालिका, दैलेखको आठबिसकोट, चामुण्डा, दुल्लु, सुर्खेतको वीरेन्द्रनगर, गुर्भाकोट, लेकबेसी, सिम्ता लगायतका पालिकाहरूमा औलोका बिरामी फेला परेका छन् ।

स्वास्थ्य सेवा निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्यामलाल आचार्यका अनुसार, लामखुट्टे यथेष्ट रूपमा फैलन थालेसँगै हिमाली भेगहरूमा औलो संक्रमणको सम्भावना बढेको छ । हुम्ला, कालिकोट, दैलेख, सुर्खेत औलो उच्च जोखिम जिल्लाका रुपमा रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?