ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

समृद्धि सबै नेपालीले महसुस गर्न सक्नुपर्छ : विद्यादेवी भण्डारी

८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

काठमाडौँ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठ्ठीभर व्यक्तिको लागि नभई आम जनताले अनुभूति गर्ने गरी हुनुपर्नेमा जोड दिएकी छन्।

‘राइजिङ नेपाल समिट’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै उनले समृद्धिको लक्ष्य सबै नेपालीको साझा अनुभव बन्नुपर्ने धारणा राखिन्।

उनले भनिन्, “हामीले के पनि बिर्सनु हुँदैन भने समृद्धि केवल मुठ्ठीभर मानिसहरूको लागि होइन, आम जनताको लागि हुनु पर्दछ।” भण्डारीका अनुसार समृद्धि त्यतिबेला मात्र सार्थक हुन्छ, जब त्यो मुलुकका सबै नागरिकमा समान रूपमा अनुभूत हुन्छ।

उनले राजनीतिक स्थायित्व र विश्वासको वातावरण निर्माण नगरी देशमा लगानी भित्र्याउन सकिन्न भन्नेमा स्पष्ट भनाइ राखिन्।

लगानीसँगै रोजगारी सिर्जना, सामाजिक समावेशिता, ग्रामीण विकास र वातावरणीय जिम्मेवारीलाई पनि सँगै लैजानुपर्नेमा उनले जोड दिइन्।

पूर्वराष्ट्रपति भण्डारीले लगानी केवल पुँजी र नाफाका लागि नभई न्याय, सम्भावना र आपसी विश्वासको लागि पनि हुनुपर्ने धारणा राखिन्।

राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता, विधिको शासन र पारदर्शी प्रशासनलगायतका आधार सुनिश्चित नगरी लगानीमैत्री वातावरण बन्न नसक्ने उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा रहेको बताइन्।

उनले नेपालले अरू मुलुकका विकास मोडेलहरू नक्कल गर्नुभन्दा आफ्नै आवश्यकता, स्रोत, साधन र सम्भावनाको विश्लेषण गरेर मार्ग तय गर्नुपर्ने भनाइ राखिन्।

विशेषतः कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत आयात प्रतिस्थापन गर्न सके अर्थतन्त्र बलियो हुने उनको तर्क थियो।

भण्डारीले नेपाल अब स्थायित्व, परिवर्तन र विश्वासको नयाँ युगमा प्रवेश गरिरहेको उल्लेख गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालको विकास यात्रा सहभागी बन्न आह्वान गरिन्।

नेपालमा गरिएको लगानीले गरिबलाई रोजगारी, उद्यमीलाई प्रेरणा, र गाउँलाई उज्यालो दिन सक्ने सम्भावना औंल्याउँदै उनले समृद्धिलाई अब सपना होइन, सबैको साझा सङ्कल्पका रूपमा अघि बढाउन आग्रह गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?