ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

भ्रष्टाचार आरोपमा १२ जना विरुद्ध मुद्दा

१६ मंसिर २०७९, शुक्रबार
१६ मंसिर २०७९, शुक्रबार

सल्यान, १५ मंसिर ।

सल्यानमा दुई छुट्टाछुट्टै योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जना विरुद्ध मुद्दा दर्ता गराएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १५ मा संचालन भएको सुन्दरडाँडा थाङ्नेखोला सडक निर्माण योजना र त्रिवेणी गाउँपालिका वडा नम्बर १ स्थित रिखेवगर, गैरीकटेरी, बाघमारे मोटरबाटो स्तरोन्नति योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले प्रेस विज्ञप्ती मार्फत गराएको जानकारी अनुसार सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पाण्डेसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरिएको छ ।

आयोगले कार्यालय प्रमुख पाण्डेसहित तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव, तत्कालीन सबइन्जिनियर नारायण ओली, रिखेबगर–गैरीकटेरी–बाघमारे दाङ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर खत्री, कोषाध्यक्ष शोभाकुमारी खत्री र सचिव लालबहादुर केसीविरुद्ध ४३ लाख २२ हजार १५५ रुपियाँ ६६ पैसा भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो । आरोपपत्रमा बिगोबमोजिम जरिवाना गरी बिगोसमेत जफत गर्न माग गरिएको छ ।

सल्यानको त्रिवेणी गाउँपालिका–१ स्थित रिखेबगर–गैरीकटेरी–बाघमारे मोटरबाटो स्तरोन्नतिका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, दाङ घोराहीबाट रकम विनियोजन भएकोमा प्राविधिक र निर्माण समितिका अध्यक्षसमेतको मिलेमतोमा आफ्नो अनुकूल लगत परिवर्तन (इस्टिमेट चेन्ज) गरी भ्रष्टाचार गरेको देखिएको छ ।

अनुसन्धानको क्रममा तत्कालीन कार्यालय प्रमुख पाण्डे, इन्जिनियर यादव र सबइन्जिनियर ओलीसमेतले आर्थिक वर्ष २०७४÷७५ मा उपभोक्ता समितिसँग भएको सम्झौताविपरीत आफूलाई सजिलो पर्ने गरी निर्माण गरी मूल्याङ्कन बिल, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी योजनाको स्वीकृत लागत अनुमानविपरीत उपभोक्ता समितिलाई बढी रकम ४३ लाख २२ हजार १५५ रुपियाँ ६६ पैसा भुक्तानी दिइएको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै शारदा नगरपालिका वडा नम्बर १५ अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट अनियमितता भएको आरोपमा त्यहाँका तत्कालीन निमित्त कार्यालय प्रमुख र अन्य कर्मचारी विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा सडक निर्माण कार्यमा लागत अनुमान विपरीत कार्य गरी कागजमा सडक निर्माण भएको भनी देखाएको आरोपमा उनिहरु विरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय सल्यानका तत्कालीन निमित्त प्रमुख इन्जिनियर विनोद पुन, सवइन्जिनियर प्रकाश शाही र कुमार बोहोराले सडक निर्माणमा नगरेको कामको समेत विवरण चढाई प्रतिवेदन तयार पारेको पाइएको छ । उनीहरू विरुद्ध आयोगले सात लाख १४ हजार ४१ बराबरको बिगो दाबी गरेको छ । सुन्दर डाँडा थाङनेखोला सडक निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कुलबहादुर बुढा, कोषाध्यक्ष नन्दकुमारी कँवर र सचिव मानदेव कँवर विरुद्ध पनि सात लाख १४ हजार ४१ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?