© २०२३
बुटवल, १६ मंसिर ।
लुम्बिनी प्रदेशको सबै निर्वाचन क्षेत्रको नतिजा आईसकेको छ । प्रदेशको प्रत्यक्ष तर्फ १८ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फको बन्दसूचीबाट को को सांसादले संसदकाय यात्रा तय गर्ने भन्ने अझै निस्र्कौल गरेको छैन । यसको लागि प्रदेशका ३२ वटा दलले समानुपातिक तर्फ आफ्ना उम्मेदबारको सूची निर्वाचन आयोगलाई बुझाएका छन् ।
नेकपा एमालेले आदिवासी जनजातीतर्फ बन्द सूचीको १ नम्बरमा सरिता पुनलाई राखेको छ । यस्तै सोही समूहको १ नम्बरमा बालसिंह काउचा पनि परेका छन् । महिला आदिवासीबाट पुन र पुरुष आदिवासीबाट काउचा प्रदेश सांसद हुने करिव निश्चित जस्तै भएको छ । यस्तै खस आर्य समुदायबाट गिरिधारीलाल न्यौपाने एक नम्बरमा रहेका छन् भने खस आर्य समुदायको २ नम्बरमा लक्ष्मण रायमाझी, ३ नम्बरमा बेदनिधी धिताल र ४ नम्बरमा भूमिलाल सापकोटाको नाम रहेको छ ।
३५ वटा सिटमै आफ्ना उम्मेद्वारको सूची बुझाएको नेकपा एमालेले थारु पुरुषतर्फ जनक चौधरी बर्दिया र महिलातर्फ सिता शर्मा चौधरी दाङको नाम सामावेशी समूहभित्र पहिलो नम्बरमा राखेको छ ।
यस्तै दलित पुरुषतर्फ बोम बहादुर विश्वकर्मा अर्घाखाँची र महिलातर्फ ईन्द्रकुमारी गहतराज पाल्पाको नाम पहिलो सूचीमा राखेको छ । मुस्लिमतर्फ कुटमद्दिन अली अर्घाखाँची र महिला मुस्लिममा सायरा वानी बांकेको नाम पहिलो नम्बरको सूचीमा छन् । यता शान्ती लोध रुपन्देही मधेसी भित्र अल्पसंख्यक जातीबाट नाम सूचीकृत भएको छ ।
यता नेपाली काँग्रेसबाट भने आदिवासी जनजातीमा पुरुषतर्फ गोपाल घर्ती रोल्पा र महिलातर्फ धनलक्ष्मी श्रेष्ठ प्यूठानको नाम पहिलो नम्बर सूचीमा छ । यस्तै खस आर्यतर्फ जमुना ढकालको खसआर्य महिर्ल पहिलो नम्बरमा नाम छ भने विष्णु प्रसाद खनाल अर्घाखाँची दोस्रो नम्बरमा छन् । यस्तै तेस्रोमा मणि प्रसाद शर्मा रुपन्देही, चौथोमा परशुराम ढकालको नाम समावेश रहेको छ । महिलातर्फ निमा गिरी दोस्रोमा, मालती सोंङारी तेस्रोमा र सरस्वती शाह चौथोमा छिन् ।
यस्तै लोकतान्त्रिक समाजवाद िपार्टी नेपालका तर्फबाट आदिवासी जनजाती पुरुषतर्फ रमेश मान मल्ल, महिलातर्फ खगेश्वरी घर्ती मगर १ नम्बरमा छन् । खसआर्यमा विवेक ओली र हेमा बेल्बासे केसी रुपन्देही एक नम्बर सूचीमा रहेका हुन् ।
राप्रपाको आदिवासी जनजाती समूहमा प्रदिप कुमार उदय एक नम्बरमा छन् । महिलातर्फ मिना कुमार श्रेष्ठ छिन् । खस आर्यतर्फ गौरव चन्द बाँके र मेनुका खाँण रुपन्देही १ नम्बर सूचीमा रहेका छन् ।
नेकपा एकीकृत समाजवादीको आदिवासी जनजाती १ नम्बरमा भिउमान घर्ती र सरिता श्रीस महिला तर्फ एक नम्बरमा छन् । यस्तै खस आर्यतर्फ लेखनाथ पोखरेल र भगवती अधिकारी एक नम्बरमा रहेका छन् ।
प्रत्यक्षमा ३ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले आदिवासी जनजाती पुरुषतर्फ राम कुमार थारु र महिलातर्फ निर्मला देवी चौधरीको नाम पहिलो नम्बरमा राखेको छ । यस्तै खस आर्यतर्फ चन्द्र प्रकाश शर्मा बेल्बासे पुरुष र महिलातर्फ नरमाया ढकालको नाम एक नम्बरमा छ ।
जनमत पार्टीको खस आर्यको एक नम्बरमा बालकृष्ण पाण्डे र महिलातर्फ सुमन शर्मा रायमाmभकिो नाम रहेको छ । आदिवासीतर्फ राजन कुमार श्रेष्ठ र महिलातर्फ गिता गुरुङ्गको नाम एक नम्बरमा रहेको छ ।
जनता समाजबादी पार्टी नेपालबाट आदिवासी जनजातीमा बोम बहादुुर दर्लामी मगर र हिमानी थापा मगरको नाम एक नम्बर सूचीमा छ । यस्तै खस आर्यतर्फ केशव राज पौडेल र महिलातर्फ अम्बिका पौडेलको नाम एक नम्बरमा रहेको छ ।
नेकपा माओवादी (केन्द्र) ले खस आर्यतर्फ पुरुषमा निम बहादुर पाण्डे गुल्मी र महिलातर्फ मिना बुढामगरलाई एक नम्बरमा राखेको छ । जनजाती समूहतर्फ भने केयरसिंह राना मगर र दिल कुमार बुढाको नाम एक नम्बरमा रहेको छ ।
प्रत्यक्षतर्फ नेपाली कांँग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उमुक्ति पार्टीले २–२ सिट, जनमत पार्टीले एक सिट र माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सिट जितेका छन् । समानुपातिकतर्फ पनि लुम्बिनी प्रदेशमा नेकपा एमालेले सबै भन्दा धेरै मत पाएर पहिलो दल बनेको छ । ३२ दलले प्रदेश सभा निर्वाचनमा भाग लिएकामा नेकपा एमालेले ५ लाख ७० हजार ९२१ मत पाएको छ ।
१८ लाख ८७ हजार ७८ मत सदर भएकोमा नेपाली कांँग्रेसले ४ लाख ९९ हजार ९ सय ८६ मत पाएर दोस्रो बनेको छ । कांग्रेस भन्दा एमालेले ७० हजार ९ सय ३५ मत बढी पाएर पहिलो दल बन्दा नेकपा माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५० मत पाएर तेस्रो दल भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४५२ मत पाएर चौथो दल बन्दा नागरिक उन्मुक्ति पार्टी १ लाख २५ हजार ५५१ मत सहित पाँंचौं ठूलो दल बनेको छ ।
निर्वाचन आयोगको तथ्यांक अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६०५ मत पाएर छैठौं दल बन्दा जनता समाजवादी पार्टीले ६० हजार ८८६ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले ४२ हजार ६२१ मत, लोकतान्त्रिक समाजवादी पार्टीले ३७ हजार ६३१ मत, राष्ट्रिय जनमोर्चाले ३२ हजार ६४७ मत पाएका छन् । २०७४ को निर्वाचनमा एक सिट जितेको राष्ट्रिय जनमोर्चा र एमाले विभाजनपछि एक जना प्रदेश सांसदले पार्टी रोजेको नेकपा एकीकृत समाजवादीले प्रदेशमा सिट पाउने नपाउने यकिन भइसकेको छैन ।
यस्तै हाम्रो नेपाली पार्टीले २७ हजार ७०४, राष्ट्रिय जनमुक्ति पार्टीले १७ हजार ८६७, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १५ हजार १०९, मंगोल नेशनल अर्गनाइजेसनले ११ हजार ८६७, नेकपा मालेले ६ हजार ४४५, नेपाल जनता पार्टीले ५ हजार २२२, बहुजन शक्ति पार्टीले ४ हजार ४६, राप्रपा नेपालले ३ हजार ३४९, नेपाल सुशासन पार्टीले २ हजार ७९१, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ९१२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै नेपाल मजदुर किसान पार्टीले १६ सय ५९, नेपालका लागि नेपाली पार्टीले १६ सय ७, नेपाली जनता दलले १४ सय १९, नेपाली कांग्रेस बीपीले १२ सय ८८, जनसमाजवादी पार्टीले १२ सय १४, नेपाल लोकतान्त्रिक पार्टीले १२ सय ७, नेपाल दलित पार्टीले १ हजार १४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९ सय ७३, मौलिक जरोकिलो पार्टीले ९ सय २८, विवेकशील साझा पार्टीले ७ सय ९१, नेकपा माओवादी समाजवादीले ४ सय ८९ र नेशनलिस्ट पिपुल्स पार्टीले ४५७ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
यसरी हुन्छ बाँडफाँड
समानुपातिक तर्फको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने विधिबाट निर्वाचित हुने उम्मेदवारले प्रभाव परेको हुन्छ । त्यसैले समानुपातिक तर्फको निर्वाचनको लागि सबैभन्दा पहिला निर्वाचित हुने विधिवत निर्वाचित हुनेको मत परिणाम सहितको अन्तिम नतिजा आउनुपर्छ । अन्तिम नतिजा आएपछि त्यसपछि समानुपातिकतर्फ आएको सदर मत निकालिन्छ । यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको १.५ प्रतिशतको अंकलाई थ्रेस होल्ड बनाइएको छ । कुल सदर मतको १.५ प्रतिशत मात्रै मत कटाउन सकेका दलले मात्रै समानुपातिकमा भाग लिन पाउँछन् ।
संघीय संसदको प्रदेश सभामा विभिन्न समूहको प्रतिनिधित्व हुनेगरी ३५ सिट निर्धारण गरिएको छ । थ्रेस होल्ड पार गरेका दलले पाएको समानुपातिकको मत अनुसार निर्वाचित सिट निकलिन्छ ।
निर्वाचित भएका सांसदको संख्याले कुन क्लस्टरमा कति निर्वाचन गर्ने निर्धारण हुन्छ । तर संविधानमा भएको व्यवस्था अनुसार दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारु ६.६प्रतिशत, मुस्लिम ४.४ प्रतिशत र खस आर्य ३१.२ प्रतिशत निर्वाचित भएको हुनुपर्छ । यी सबै क्लस्टरमा ५० प्रतिशत महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ ।
प्रदेश सभामा लागू भएको निर्वाचन प्रणाली उस्तै हो । संघीय संसद २ सदनात्मक हुने भएकोले माथिल्लो सदन (राष्ट्रिय सभा) को निर्वाचन प्रक्रिया अलग छ तर प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने तथा समानुपातिकतर्फ निर्वाचित हुने प्रक्रिया एकै हो ।
यद्यपि समानुपातिक तर्फको थ्रेस होल्ड (प्रदेश सभाको समानुपातिक निर्वाचनको थ्रेस होल्ड १.५ प्रतिशत) र केही क्लस्टर र त्यसको प्रतिशत फरक छ । तुलनात्मक रुपमा हेर्दा प्रतिनिधि सभा भन्दा प्रदेश सभा अझ बढी समावेशी देखिन्छ । साथै समावेशी क्लस्टरको प्रतिशत प्रदेश अनुसार फरकफरक छ ।