© २०२३
बुटवल, ६ साउन ।
सामाजिक क्षेत्रमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउनले तिलोत्तमा नगरपालिका–७ स्थित सेमरा माध्यमिक विद्यालयलाई पानी प्रशोधन प्रणाली हस्तान्तरण गरेको छ ।
क्लबको वाटर तथा सरसफाई क्षेत्रको वास परियोजना अन्तरगत ३ हजार डलर बराबरको वाटर फिल्टर सेमरा माबिलाई हस्तान्तरण गरेको हो ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले सामग्री हस्तान्तरण गर्दै नगरभित्र रहेको विद्यालयमा सरसफाइ र स्वच्छ पिउनेपानीका विषयमा परियोजना ल्याएर उत्कृष्ट काम भएको बताए ।
रुपन्देहीकै ग्रामीण क्षेत्रका रुपमा रहेको सेमरा बजारमा रहेको विद्यालयमा अध्ययरत छात्रछात्राहरुलाई परियोजनाकै कारण स्वच्छ पिउने पानीको सुविधा हुनेमा आशाबादी रहेको बताए ।
कार्यक्रमको क्लबका अध्यक्ष बाबुराम बञ्जाडेले परियोजनाबारे विवरण प्रस्तुत गर्दै ‘डिजास्टर एड मलेसिया’ तथा रिचार्ड च्यान एण्ड फ्रेण्डसको प्रायोजनमा रोटरी क्लब अफ पाटन साउथ र रोटरी क्लब अफ बुटवल डाउनटाउनको संयुक्त कार्यान्वयनमा सम्पन्न भएको बताए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनम समेत थप रचनात्मक र समुदाय उपयोगी यस्ता परियोजनाहरु निरन्तर संचालन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक्ट एडभाइजरी काउन्सिल सदस्य दिनेश मानन्धर, रोटरी क्लब अफ बुटवल डाउनटाउनका पूर्व अध्यक्ष शिव प्रसाद गौडेल, भीमराज श्रेष्ठ, रविलाल पोखरेल, राजेन्द्र ढकाल, क्लबका वर्ष २०२४/२०२५ का अध्यक्ष शिव ज्ञवाली, दिनेश मानन्धरले रोटरीको लक्ष्य र समुदायमा गरेका विविध कार्यक्रमबारे प्रकाश पारे ।