ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
सन्दर्भः विश्व एड्स दिवस

दाङमा एचआईभी संक्रमितको संख्यामा कमी

१५ मंसिर २०७९, बिहीबार
१५ मंसिर २०७९, बिहीबार

दाङ, १५ मङ्सिर ।

दाङमा एचआइभी एड्स संक्रमितहरुको संख्यामा कमी आएको छ । संक्रमित हुनुको मुख्य कारण असुरक्षित यौनसम्पर्क रहेको पाइएको छ । पछिल्लो समय एचआइभी संक्रमित पहिचान भएकाहरु सिमेन्ट उद्योग क्षेत्रका तथा केही भारतमा काम गरी फर्किएकाहरु रहेको तथ्याङ्कले देखाउँछ ।

विशेष गरी वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइएको छ । रोजगारीमा काम गर्न जानेमध्ये अधिकांशले एचआईभी लिएर फर्किनुका साथै अशिक्षा र अज्ञानता नै एचआईभीको मुख्य कारण रहेको तथ्यांकले पनि देखाउने गरेको छ । समुदाय स्तरमा समेत पुगेर एचआईभी संक्रमित पहिचान गर्न थालिएसँगै जिल्लामा संक्रमितहरु थपिने क्रम बढेको पाईएको हो ।

दाङ जिल्लाको घोराहीमा २ सय ३२ जना तथा तुलसीपुर क्षेत्रमा १ सय २९ जना मध्ये ६५ जना महिला, ६४ जना पुरुष रहेका छन् । ती मध्ये घोराहीमा १ सय १२ जना महिला, १ सय १६ पुरुष रहेका छन् भने तेश्रो लिङ्गी ४ जना रहेका छन् । जम्मा ३ सय ६१ जना संक्रमितहरुले एआरटी सेवा लिइरहेका छन् ।

पहिचान भएका एचआईभी संक्रमितहरुलाई निगरानीमा राख्दै नियमित एआरभी सेन्टरबाट औषधी सेवन गराउनुका साथै मनोसामाजिक परामर्शको काम भईरहेको सरोकार संस्थाहरुको भनाई छ । जिल्लामा रहेका मानव स्वास्थ्य समाज, दाङ प्लस, रेडक्रस, परिवार नियोजन संघ, नागार्जुन डेभलपमेन्ट, परिवर्तन समुहलगायत संस्थाले एचआईभीको क्षेत्रमा काम गर्दै आएका छन् ।

नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक वसन्त खनालले एचआईभी संक्रमित पहिचान गर्न तल्लो तहसम्म काम भईरहेकाले फेला पर्नेको संख्या बढ्दै बताए । शंकास्पद, यौन गतिविधिमा बढी हुनेको निगरानी बढाएको हुँदा पछिल्लो समय जिल्लामा एचआईभी संक्रमित पहिचानदेखि उपचारसम्मको व्यवस्था हुने गरेको उनको भनाइ छ । पछिल्लो समय एचआईभीका क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले जोखिमपूर्ण अवस्थामा रहेका संक्रमितहरुको रेखदेखदेखि उनीहरुको स्याहार सुसारमा ध्यान दिन थालेपछि समुदायमा यसको जोखिम कम हुने अवस्था सिर्जना भएको छ । तर, बाहिरबाट आउनेहरुमा यो समस्या बढीमात्रामा देखा पर्ने गरेको परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक खनालले बताए ।

मानव स्वास्थ्य समाज दाङका कार्यक्रम संयोजक शिल्पा चौधरीले वार्षिक रुपमा औषत २२–२४ जना नयाँ संक्रमित थपिने गरेको बताइन् । एनसीएसीले संक्रमितका लागि निशुल्क औषधी दिने गरेको छ भने सरकारी तवरबाट शुन्यमा झार्न सुरक्षित यौन सम्पर्क, कण्डम वितरण, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना फैलाउने काम गर्दै आएको उनले बताइन् ।

दाङ प्लसका कार्यक्रम संयोजक गोपाल नेपालीले जटिल खालका बिरामी आएमा आवासीय रुपमा राख्ने गरेको बताए । अहिले संघ संस्थाको पहलले गर्दा नयाँ बिरामी फेला पर्ने गरेको र उपचारमा सहज भईरहेको उनले बताए ।

पछिल्लो समय सरोकार संघसंस्थाले आफ्नै क्लिनिकमार्फत पनि सेवा प्रदान गर्दै आएका छन् । एचआईभी चेकजाँच गर्नेदेखि सेवा सुविधा दिने गरेको उनीहरु बताउँछन् । अहिले पनि समाजमा संक्रमितहरुलाई हेर्ने दृष्टिकोण परिवर्नत नहुँदा संक्रमितहरु खुल्न नसकेको तथा काम गर्न पनि समस्या भएको उनीहरुको भनाई छ ।

एचआइभी एड्सका कारण मृत्यु हुने तथा संक्रमितको संख्यामा कमी हुँदै गएको पाइएको छ । औषधि उपचारको पहुँच तथा बढ्दो जनचेतनाका कारण संक्रमित तथा मृतकको संख्यामा कमी हुँदै गएको चिकित्सक बताउँछन् ।

नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरु सुईद्वारा लागू पदार्थप्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेश्रो लिंगीहरु र रोजगारीका लागि विदेशिएकाहरु रहेका छन् ।

सन् २०३० सम्ममा नेपालमा एड्सलाई अन्त्य गर्ने लक्ष्य राखिएको छ । समावेशी, समतामूलक तथा पहुँचयोग्य सेवाहरु सुनिश्चित गर्दै एचआईभी स्याहारको निरन्तरता कायम गर्ने, नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरुको स्वास्थ्यसम्बन्धी परिणामहरुका सुधार ल्याउने काम गरिने भएको छ ।

हाल विश्वमा ३ करोड ३९ लाख मानिस एचआईभी संक्रमित छन् । नेपालमा सन् १९८८ मा पहिलोपटक एचआईभी भित्रिएको तथ्यांक छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले नेपाललगायत विश्वव्यापी रुपमा नै एचआइभीको नयाँ संक्रमण दर घट्दै गएको जानकारी दिइन् । सन् २०१० देखि सन् २०१९ सम्ममा विश्वव्यापी २३ प्रतिशतले नयाँ संक्रमण घटेको छ । त्यसैगरी बच्चाहरुमा ५२ प्रतिशतले नयाँ संक्रमण कम भएको छ ।

केन्द्रका अनुसार सन् २०१० देखि २०१९ सम्ममा एड्सको कारणले हुने मृत्यु ३९ प्रतिशतले घटेको छ । नेपालमा पनि संक्रमण घटेको यौन रोग केन्द्रले जनाएको छ । सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ । बच्चाहरुमा ८५ प्रतिशतले नयाँ संक्रमणमा कमी आएको छ । त्यसैगरी एड्सको कारणले मृत्यु हुनेको संख्या पनि ८५ प्रतिशतले घटेको पाइएको छ ।

बिहीबार विश्व एड्स दिवस पनि हो । सन् ३०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्षका साथ एचआइभी तथा एड्स सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको केन्द्रकी निर्देशक डा. देवकोटाले बताए । नेपालमा एचआइभी तथा एड्स सम्बन्धी क्रियाकलापहरु राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६ देखि २०२१ ले निर्देशन गरे अनुरुप सञ्चालित छन् । नेपालमा ३० हजार जनामा एचआइभी संक्रमण भएको अनुमान छ । जसमध्ये पुरुषको संख्या १७ हजार र महिलाको संख्या १३ हजार रहेको छ । एड्सलाई अन्त्य गर्नका लागि सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीब्र बनाउनुपर्नेमा सरोकारवाला जोड दिन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?