ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
लुम्बिनी प्रदेशमा महिला उम्मेदवार

दुईजनाले जित्दा नौ जना पराजित

१५ मंसिर २०७९, बिहीबार
१५ मंसिर २०७९, बिहीबार

बुटवल, १५ मंसिर ।

यसपटकको निर्वाचनमा लुम्बिनी प्रदेशबाट विभिन्न राजनीतिक दलले ११ जना महिलालाई उम्मेदवार बनाएका थिए । प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ ४ जना महिला उम्मेदवार रहेकोमा दुईजनाले मात्रै निर्वाचन जितेका छन् । बाँकी ९ जना महिला पराजित भए ।

एकातिर महिला उम्मेदवा नै कम हुनु र अर्कोतर्फ अधिकांश महिला उम्मेदवार पराजित हुँदा संसदमा महिलाको उपस्थिति कमजोर हुने देखिएको छ । दाङ २ बाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले एमाले महासचिव शकंर पोखरेलाई पराजित गरिन् । एक सय ९६ मत अन्तरले पोखरेललाई पराजित गरेकी शर्मा लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा पुग्ने एकमात्रै महिला हुन् । अन्य ११ जिल्लाबाट कुनै पनि महिला विजयी भएनन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ प्रतिनिधिसभा र ५२ प्रदेशसभाको मतपरिणामले महिलामा निराशा पैदा गरेको छ । लुम्बिनी प्रदेशबाट आम निर्वाचन २०७९ मा क्रियाशील दलका ११ महिलामात्रै प्रत्यक्षतर्फ उमेदवार बन्ने अवसर पाए । संविधानले संघ, प्रदेश र स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, दलहरूले उमेदवारी दर्ता गर्ने क्रममै यस व्यवस्थालाई उपेक्षा गरेका थिए । अधिकांश महिला उमेदवारहरू पराजित भए ।

निर्वाचन कानुनले पनि महिला सहभागितासहित समावेशीताका लागि बाध्यकारी व्यवस्था गरेको छ । तर, दलहरूले विभिन्न बाध्यात्मक कारण देखाउँदै यसलाई टारेका छन् । उनीहरूले निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई अवसर नदिएर समानुपातिकमै सीमित गरेका छन् । यसले मूल नीति निर्माण तहमा महिला सहभागिता कमजोर हुने देखिएको छ ।

एमालेले दुई तथा कांग्रेस, माओवादी, जनमोर्चा र एकीकृत समाजवादीबाट एक–एक जना महिलाले प्रतिनिधिसभामा प्रत्यक्षमा चुनाव लडेपनि माओवादीकी उमेदवारमात्रै प्रतिनिधिसभातर्फ विजयी भइन् ।

लुम्बिनीमा समानुपातिक र प्रत्यक्ष गरी ८७ जना सांसद चुनिन्छ । प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ प्रमुख दलबाट चार महिलामात्रै भिडेका थिए । एमालेबाट रुकुमपूर्वको ‘ख’मा भावना बुढाथोकी र बर्दिया २ को ‘ख’ मा कृष्णी थारु, माओवादी केन्द्रबाट बाँके १ को ‘क’ मा कृष्णा केसी र बर्दिया १ को ‘ख’ मा अञ्जु दहित चुनावी मैदानमा रहेपनि केसीमात्रै विजयी बनिन् । लुम्बिनी प्रदेशसभाकी निवर्तमान उपसभामुख थारु पराजित हुँदा केसीमात्रै निर्वाचित भएकी हुन् ।

राजनीतिक दलहरूले उमेदवार छनोटअघि प्रत्येक क्षेत्रबाट आकांक्षीहरूको सूची माग गरेका थिए । तर, प्रत्यक्षतर्फको सूचीमा महिलाको आकांक्षा निकै कम देखिएको थियो । महिला नेतृहरूले संगठन निर्माण, कार्यकर्ता परिचालनलगायत काम कमै गर्ने प्रवृत्ति रहेकोले उम्मेदवारी कम परेको हुन सक्ने कतिपय नेता कार्यकर्ता बताउँछन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनीबाट जनमोर्चाकी दुर्गा पौडेलमात्रै निर्वाचित भएकी थिइन् । यो पटक उनीसहित एमालेबाट शान्ता चौधरी र कोमल वली, कांग्रेसबाट पुष्पा भुसाल, माओवादी केन्द्रबाट रेखा शर्मा र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री प्रतिनिधिसभाको चुनावी मैदानमा रहेपनि शर्मामात्रै निर्वाचित भइन् ।

दाङ क्षेत्र नम्बर २ मा गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र)ले पूर्वमन्त्री रेखा शर्मालाई उमेदवार बनाएको थियो । शर्माले २०६४ सालको संविधानसभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन् । उनी मन्त्री हुँदा वा राजनीतिक रूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेतृको छवि बनाएकोले पनि सहज भएको थियो । उनले नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई पराजित गर्न सफल भइन् ।

०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट निर्वाचित भएपछि मुख्यमन्त्रीसमेत बनेका थिए । मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीबाट दाङ सार्न भूमिका खेलेका पोखरेललाई शर्माले २०२ मतान्तरसहित पराजित गरिन् ।

प्रदेशसभातर्फ माओवादी केन्द्रबाट बाँके १ को ‘क’मा कृष्णा केसीले जित निकालिन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेकी उनले निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरिन् । उनीहरूबीचको मतान्तर १ हजार १३७ रहेको छ ।

प्रतिनिधिसभातर्फ यसरी हारे महिला उमेदवार

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीलाई नेकपा एमालेका गोकर्ण विष्टले पराजित गरे ।

दाङ क्षेत्र नम्बर १ मा नेकपा (एमाले) की शान्ता चौधरी र नेकपा एमालेबाट टिकट नपाएर स्वतन्त्र उमेदवारी दिएकी गंगा चौधरीलाई एकीकृत समाजवादीका मेटमणि चौधरीले पराजित गरे ।

दाङ क्षेत्र नम्बर ३ मा एमालेले कोमल वलीलाई प्रतिनिधिसभाको उमेदवार बनाएको थियो । उनलाई नेपाली कांग्रेसका दीपक गिरी गिरीले पराजित गरे ।

एउटामात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा कांग्रेसकी केन्द्रीय सदस्य एवं निवर्तमान उपसभामुख पुष्पा भुसाललाई एमाले सचिव टोपबहादुर रायमाझीले पराजित गरे । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई प्युठानमा एमालेका सुर्य थापाले पराजित गरे ।

जनता समाजवादी पार्टीबाट पाल्पा–२ मा उमेदवारी दिएकी दुर्पता सोमैलाई एमालेका ठाकुर गैरेले पराजित गरे ।

जसले प्रदेशसभामा महिला उमेदवारलाई पराजित गरे

एमालेबाट रुकुमपूर्वको ‘ख’ मा भावना बुढाथोकी चुनावी मैदानमा थिइन् । उनलाई कांग्रेसका धनबहादुर केसीले पराजित गरे । बर्दिया–२ ‘ख’ एमालेकी कृष्णी थारुलाई नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले पराजित गरे । बर्दिया–१ ‘ख’ मा माओवादी केन्द्रकी अञ्जु दहितलाई नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरीले पराजित गरे ।

समानुपातिकमा अवसर

प्रतिनिधि तथा प्रदेशसभामा समानुपातिक सूचीबाट भने महिलाहरूले अवसर पाउने देखिएको छ । प्रतिनिधिसभामा पनि करिब ७० जना महिलाहरू सहभागी हुने देखिएको छ । यस्तै, प्रदेशसभामा पनि महिला सहभागिता समानुपातिकसहित ३३ प्रतिशत पु¥याउनुपर्नेछ । यसो हुँदा समानुपातिक सूचीबाट आउने ३५ मध्ये २५ जना महिलाहरू ल्याउनुपर्ने छ । यहाँ सबै क्लस्टर मिलाउँदा अवसर मिल्ने देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?