ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

दूध बेचेरै आत्मनिर्भरता: किसानलाई १५ लाखभन्दा बढी अनुदान

६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

 लमही, ०६ साउन ।

दाङको राप्ती गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन स्वरूप १५ लाखभन्दा बढी रकम प्रदान गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा १ सय २९ जना किसानलाई कूल १५ लाख ४७ हजार रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

पशु तथा मत्स्य विकास शाखा प्रमुख दामोदर आचार्यका अनुसार, प्रतिलिटर ४ रुपैयाँका दरले ३ लाख ८६ हजार ७ सय ५० लिटर दूधमा प्रोत्साहन रकम प्रदान गरिएको हो । उनका अनुसार गाउँपालिकामा रहेका १२ वटा निजी डेरी र १७ वटा व्यावसायिक फर्ममार्फत किसानहरूको खातामा उक्त रकम प्रदान गरिएको हो ।

राप्ती गाउँपालिकाले तीन वर्षदेखि दुग्ध उत्पादनमा संलग्न कृषकलाई प्रोत्साहन स्वरूप अनुदान दिँदै आएको छ। यसका लागि कार्यविधि निर्माण गरिएको छ र वास्तविक किसानको पहिचान तथा अनुगमनपछि मात्र रकम प्रदान गरिने शाखा प्रमुख आचार्यले जानकारी दिए ।

जिल्लामै पहिलो पटक दुग्ध उत्पादक किसानलाई स्थानीय तहबाट प्रोत्साहन रकम प्रदान गर्ने काम राप्ती गाउँपालिकाले सुरु गरेको हो । आर्थिक वर्ष २०७९/८० मा प्रति लिटर २ रुपैयाँ दिइँदै आएकोमा किसानको उत्साहजनक सहभागिता पछि अनुदानको दर वृद्धि गरिएको हो ।

शाखा प्रमुख आचार्यका अनुसार, “किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले रकम वृद्धि गरिएको हो । यसले वास्तविक किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । “पालिकाले पशुपालनमा लागेका किसानलाई सहयोग गर्दै नयाँ पुस्तालाई समेत आकर्षित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

व्यक्तिगत रूपमा होटल वा घरमा दूध बिक्री गर्नेहरू समेत यो कार्यक्रमबाट लाभान्वित भएका छन् । शाखा प्रमुख आचार्यले पालिकामा उत्पादित दूध लमही, घोराही र प्युठानसम्म पठाइने जानकारी दिँदै राप्ती गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर रहेको उल्लेख गरे ।

स्थानीय उत्पादनको खपत बढाउन पालिकाले चिसो पेय पदार्थमा प्रतिबन्ध लगाउँदै दही र मोहीको प्रयोगलाई प्राथमिकता दिएको छ । किसान दीपक बुढा मगरका अनुसार, “पालिकाको यो कार्यक्रमले स्थानीय उत्पादनलाई बजार सुनिश्चित गरेको छ । उत्पादनअनुसार पालिकाबाट प्राप्त अनुदानले थप हौसला मिलेको छ ।”

“दुःख गरेर दूध, दही बेच्दा आम्दानी त हुन्छ नै, पालिकाबाट प्रोत्साहन स्वरूप रकम पाएपछि गाई भैँसी थप पाल्न हौसला मिलेको छ,” किसान बुढा मगरले भने । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले यो कार्यक्रमले किसानलाई आत्मनिर्भर बनाउन ममहत्त्वपूर्ण योगदान दिएको बताए । उनले भने, “दूध उत्पादन र बिक्रीबाट किसानको आम्दानी बढेको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने हाम्रो अभियानमा यो कार्यक्रम महत्त्वपूर्ण रहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?