काठमाडौँ ।
सेयर बजारसँग जोडिएका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई टोखा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, अग्रवालविरुद्ध आपराधिक लाभ र ठगीसम्बन्धी आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। यसैअनुसार, अदालतबाट पक्राउको अनुमति लिएर उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए।
एसएसपी अधिकारीले भने, “अनुसन्धानका लागि अग्रवाललाई पक्राउ गरेका हौँ।” अहिले उनलाई प्रहरीको हिरासतमा राखेर थप सोधपुछ भइरहेको छ। यस घटनाले सेयर बजारमा चलिरहेका अनियमितता र संभावित ठगीका केसहरू फेरि एकपटक चर्चामा ल्याएको छ।




