Butwal Today

अपडेट: ओली र भण्डारी बिच भेटवार्ता जारी

४ श्रावण २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, ४ साउन ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिच भेटवार्ता सुरु भएको छ।च्यानलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ३ः२० मा प्रवेश गरे पनि प्रधानमन्त्री ओली भने दिउँसो ३ः५७ मा आफ्नो कार्यकक्षमा प्रवेश गरेका थिए, जहाँ भण्डारी अध्यक्ष ओलीलाई कुरिरहेकी थिइन् ।

पार्टी जिम्मेवारीमा फर्कने भण्डारीको चाहानामा ओली बाधक बनेको भन्ने चर्चा बिचमा यो भेटघाट भइरहेको हो । हिजो मात्रै सम्पन्न एमाले पोलिटब्युरो बैठकले भण्डारीको सदस्यता नवीकरण नगरी पेन्डिङमा राखेको जानकारी दिएको थियो ।

तर, भोली देखी सुरु हुने केन्द्रीय समिति बैठक अगावै भण्डारी र ओली बिचको भेटवार्तालाई यतिखेर नेपाली राजनीतिमा अर्थपूर्ण तरिकाले हेरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?