© २०२३
कपिलवस्तु, ४ साउन ।
लायन्स क्लव अफ कपिलवस्तु प्राचीनको बर्ष २०२५/२६ को अध्यक्ष कस्तुरा सिग्देल सहितको कार्य समितिलाई पद हस्तान्तरण गरिएको छ । माहुरी होममा आयोजित कार्यक्रममा क्लबका बर्ष २०२४/२५ का अध्यक्ष सन्तोष कुमार कसौधनले नव निर्वाचित अध्यक्ष सिग्देललाई पद हस्तान्तरण गरेका हुन ।
चौथो अधिवेशनबाट क्लबको प्रथम उपाध्यक्ष ईन्दिरा देवकोटा र द्वितीय उपाध्यक्ष कमला रायमाझी (भण्डारी), सचिव मोहम्मद मुस्तफा, सहसचिव अधिवक्ता राजु कुमार श्रीवास्तव र कोषाध्यक्ष शिव शंकर कान्दु सर्वसम्मत चयन भएका हुन । यसैगरि सदस्यहरुमा खेमराज पाठक, विजयलक्ष्मी सिंह, प्रेमलता भट्ट तथा प्रभाकर चौहान रहेका छन ।
लायन्स ईन्टरनेश्नलको उदेश्य अनुसार आफनो क्षेत्रमा सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत स्वास्थ्य, शिक्षा, पर्यावरण संरक्षण र सचेतना कार्यक्रमलाई प्राथमिकता दिने बर्ष २०२५/२६ का अध्यक्ष कस्तुरा सिग्देलले प्रतिवद्धता जनाईन ।
कार्यक्रममा क्लवका सचिव कमला रायमाझी (भण्डारी) ले प्रगति र कोषाध्यक्ष मोहम्मद मुस्तफाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा वर्ष बर्ष २०२४/२५ का अध्यक्ष सन्तोष कुमार कसौधनले क्लबबाट आफनो कार्यकालमा गरेका वार्षिक गतिविधिलाई निरन्तरता दिन आग्रह गरें । पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष कसौधन, पुर्व अध्यक्ष रविन्द्रनाथ ठाकुर, अधिवक्ता राजु कुमार श्रीवास्तव, सदस्यहरु प्रभाकर चौहान, उदित नारायण चौधरी लगायतले शुभकामना दिए ।