ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

१०० रोपनी खेतमा एकै दिन धान रोपाइँ 

४ श्रावण २०८२, आइतबार
४ श्रावण २०८२, आइतबार

गुल्मी, ०४ साउन ।

जिल्लाको धुर्कोटमा एकै दिन एक सय रोपनी खेतमा धान रोपाइँ गरिएको छ । धुर्कोट गाउँपालिका–६ सिस्तुङ्ग फाँट बिहानैदेखि दिनभर खेताला र ठिँगारेले भरिभराउ थियो ।

स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले दुई वर्षदेखि आफ्नो खेतको रोपाइँलाई बाजागाजा सहित उत्सवको रूपमा मनाउँदै आएका छन् । कलाकारहरूको बाली र स्थानीय झ्याउरे भाकासँगै र पञ्चेबाजा नाच्नेहरूका कारण खेतमा खेताला र ठिँगारेलाई काम गरेको महसुस नै थिएन ।

अर्यालले बर्सेनि गर्दै आएको रोपाइँ महोत्सवमा हेर्ने र रमाइलो गर्न स्थानीय सरकारका प्रमुखदेखि सरकारी अड्डाका मान्छेहरू यस पटक पनि सिस्तुङ्ग पुगेका थिए । अर्यालले दुई वर्षदेखि व्यक्तिगत लगानीमा सय रोपनी खेतमा धान रोप्दै आएका छन् ।

राष्ट्रिय तथा स्थानीय कलाकारसँगै पञ्चेबाजाको तालमा हेर्न आउनेहरू सिस्तुङ्ग फाँट पुगेका थिए । काम र मनोरञ्जन गर्ने उद्देश्यले रोपाइँलाई महोत्सवको रूपमा अगाडि बढाउन एकै दिन काम गर्ने गरेको कृषक मेघनाथ अर्यालले बताए । पहिले गाउँहरूमा धेरैले बाजासहित रोपाइँ गर्ने चलन भए पनि पछिल्लो समय हराउँदै गएकाले संस्कृति संरक्षणको प्रयास पनि भएको उनले बताए ।

कोरियाको कमाइले बुटवलमा लामो समय बस्दै आएका अर्याल २०७७ सालबाट सहर छोडेर गाउँ फर्किएका हुन । एक करोड लगानी गरेर व्यावसायिक रूपमा भैंसीपालन समेत गर्दै आएका अर्यालले दैनिक १०० लिटर दूध बिक्री गर्दै आएका छन् ।

गत वर्ष पनि एकै दिन एक सय रोपनीमा धान रोपेका अर्यालले मङ्सिरमा ४०० मुरी धान भित्राएका थिए । आफ्नो ७२ रोपनी र लिजको २८ गरेर १०० रोपनी खेतमा अर्यालले रोप्दै आएका छन् ।

एकै दिन रमाइलो गरेर धान रोप्दा भड्किलो भयो भन्नेहरू पनि मङ्सिरमा आँगनमा धानको थुप्रो देखेर छक्क परेको कृषक मेघनाथ अर्यालले बताए । उनले धुर्कोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र अर्याल आफैले लगानी गरेर अर्याल खाद्यान्न प्रशोधन तथा प्याकेजिङ्ग उद्योग सञ्चालन गर्दै धुर्कोटे चामलको बजारीकरण सुरु गरेका छन् ।

धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले मेघनाथ अर्यालले सबै काम ऊर्जा र उत्साहका साथ गरिरहेको बताए । उनले व्यवहारमा परिणाम पनि देखाएकाले आफूहरूको सहयोग र सद्भाव सधैँ रहेको उनले बताए ।

गाउँका डेढ सय जनालाई एकै दिन जम्मा गर्दा उत्सवसँगै रोजगारी र संस्कृति संरक्षणको कुरा जोडिएको पोख्रेलले बताए । अर्यालको यो नमुना काम देखेर स्थानीयहरू पनि दङ्ग परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?