ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

एमालेमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने प्रस्ताव पारित

३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

काठमाडौँ ।

नेकपा एमालेले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र विधानमा रहेको नेतृत्वमा २ कार्यकाल भन्ने व्यवस्था संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेल प्रस्तावित विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार संशोधन प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेखि सङ्गठित र साधारण गरी दुईथरी सदस्यताको व्यवस्था रहने प्रस्ताव पारित गरिएको छ । त्यस्तै बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी हुने प्रस्ताव पनि गरेको छ ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषयमा भएको छलफलमा अधिकांश सदस्यले बेठिक रहेको धारणा राखेका छन् । साथै भण्डारीलाई अहिले नै अध्यक्ष बनाउन नहुने पक्षमा सदस्यहरू उभिएका छन् । यद्यपि त्यसबारे अर्को कमिटीबाट निर्णय गर्ने एमालेले जनाएको छ ।

‘राष्ट्रको सर्वोच्च पदमा पुगेको व्यक्ति राजनीतिमा आउनु ठिक होइन भन्ने धारणा आएको छ । साथै उहाँलाई अहिले नै एमालेले अध्यक्ष बनाएर जाने सम्भावना छैन’, गौतमले बैठकको सार सुनाउँदै भने, ‘तर त्यसबारे अर्को कमिटीमा छलफल हुन बाँकी छ ।’

शनिबारको बैठकमा गोरख बोगटी, अग्नि खरेल, भीम आचार्य, मुकुन्द न्यौपाने, भानुभक्त ढकाल, केशव बडाल, गोकुल बास्कोटा, हिक्मत कार्की, थममाया थापा, लीला श्रेष्ठ, गोकुल घर्तीमगर, राजेन्द्र गौतम, लीला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरबहादुर रिजाल, जितु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राणा, देवेन्द्र दाहाल, अरुण नेपाल, गोकुल घर्तीमगर लगायतले विधान संशोधन मस्यौदामाथि धारणा राखेका छन् ।

बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले ११ औँ महाधिवेशनमा ओलीले नै पार्टी नेतृत्व गर्नुपर्ने बताए । पछिल्ला दिनमा प्रचण्ड, कांग्रेस नेता शेखर कोइराला र विद्या भण्डारीको भेटवार्तालाई बस्नेतले एमाले कमजोर पार्ने चाल भएको टिप्पणी गरे ।

‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेश सिंहले भन्ने,’ बस्नेतले भनेका छन्, ‘चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्त्व सल्बलिएका छन् ।’

तर,अर्का पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने धारणा राखेका छन् । बरु उनले भण्डारीलाई खुला स्वागत गरेर काममा लगाउन अध्यक्ष ओलीलाई आग्रह गरे ।

‘म अध्यक्ष कमरेड केपी ओली र सम्पूर्ण नेतृत्व पङ्क्तिलाई अनुरोध गर्न चाहन्छु पार्टीमा विधिसम्मत पार्टीमा पुनः क्रियाशील हुन चाहने पूर्वराष्ट्रपतिलगायत सबैलाई निषेध गरेर होइन, खुला स्वागत गरेर काममा लगाउनुपर्छ’, पोखरेलले बैठकमा भनेका थिए । पार्टीभित्र र बाहिर एमालेमा मनोवैज्ञानिक भावनात्मक, राजनीतिक, संगठानिक र पार्टीको आन्तरिक एकता मजबुत गर्दै सबै समस्या समाधान गरी पार्टीलाई निर्णायक शक्ति र एकल बहुमतको सरकार बनाउन सक्ने सन्देश दिनुपर्नेमा पोखरेलको जोड थियो ।

‘दसौँ महाधिवेशनमा जब ७० वर्षे प्रावधान प्रस्तुत भयो र पास भयो मैले विश्वास गर्न थालेँ अब नेतृत्वमा नयाँ पुस्ताको आगमन हुनेछ’, पोखरेलले भनेका छन्, ‘शङ्कर पोखरेलजस्ता ऊर्जाशील कमरेडहरू अध्यक्ष बन्नेछन् भन्ने आशा पलाएको थियो, आज आशा गरेकै कमरेडहरूबाटै वर्तमान विधान संशोधनको नयाँ प्रस्ताव बैठकमा प्रस्तुत भएपछि मेरो विगतको विश्वास खण्डित भएको छ ।’

नेता गोकुल बास्कोटाले भने मध्यमार्गी धारणा राखे । पार्टीमा विद्याको विषयमा देखिएको विवाद मिलाउन विश्वासिलो आधार तयार पार्न उनले नेतृत्वलाई सुझाव दिए । ओली र भण्डारी छलफल गरेर विवाद टुङ्ग्याउनुपर्ने भन्दै राजनीतिक ढङ्गबाटै समस्या सुल्झाउनुपर्नेमा बास्कोटाको जोड थियो ।

‘अध्यक्ष र पूर्व राष्ट्रपतिबिचको विश्वास र सहकार्यको सम्बन्ध एमालेका साथीहरूलाई मात्र होइन, दुनियाँलाई थाहा छ,’ बैठकमा उनले भनेका छन्, ‘तपाईंहरू आपसमा छलफल गरेर राजनीतिक ढंगले सुल्झाउनुस्, प्राविधिक कुराले होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?