ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

स्थानीय सरकारले फिर्ता पठाए एक अर्व

३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

पाल्पा, ३ साउन ।

पाल्पा जिल्लाका १० स्थानीय सरकारलाई प्राप्त भएको विकास बजेटबाट १ अर्ब भन्दा बढी रकम फिर्ता पठाएको छ । स्थानीय सरकारले संचालन गरेका ठुला ठुला विकासे आयोजनाका लागि विनियोजित रकमबाट संचालन भएका योजनाहरु पुरा हुन नसक्दा रकम फिर्ता भएको हो ।

स्थानीय सरकारले प्रस्तावित गरेका ठुला ठुला महत्वकांक्षी योजनाका लागि निर्माण व्यवसायीमार्फत गरिएको कामको उल्लेखनीय रुपमा भौतिक प्रगति हुन नसक्दा रकम फिर्ता भयो । १० स्थानीय तहमध्ये तानसेन नगर र निस्दी गाउँपालिकाको वित्तीय प्रगति अन्यको तुलनामा कमजोर देखिएको कोष तथा लेखा नियान्त्रकको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख तथा प्रमुख कोष नियन्त्रक सशिन्द्र खातीका अनुुसार चालु तर्फ ४ अर्व ३८ करोड ८० लाख ३ अर्व ७९ करोड ७७ लाख खर्च भएको छ । त्यसैगरी पुजीगततर्फ २ अर्व ५० करोड ३८ लाखबाट १ अर्व ८४ करोड ८० लाख खर्च भएको थियो । पुजीगत तर्फ सबै भन्दा बढी वगनासकाली गाउँपालिकाले ८६.१६ प्रतिशत, रम्भा गाउँपालिकाले ८१.७ प्रतिशत र रिब्दीकोट गाउँपालिकाले ८० .८७ प्रतिशत हासिल गर्दा श्रोत र साधनले सम्पन्न निस्दी गाउँपालिकाले ६७.२७ प्रतिशत र सदरमुकाम रहेको तानसेन नगर सरकारले ६६.५२ प्रतिशत वित्तीय प्रगति गरेको कार्यालयले जनाएको छ । वित्तीय प्रगतिमा सबै भन्दा कमजोर देखिएको तानसेन नगरका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डे भन्छन् “ठेक्का लगाएको काम निर्माण कम्पनीले समयमा नगरीदिदा वित्तीय प्रगति कम भयो । ढल निर्माणको काम नै भएन । “सडक वोडबाट पैसा आयो काम भएन । त्यसैगरी महिला स्वास्थ्य भवन निर्माणका लागि विनियोजीत रकम पनि खर्च भएन यस्ता कारणले रकम खर्च हुन नसक्दा वित्तीय प्रगति कम भएको हो”–उनले भने ।

श्रोत र साधन सबै भन्दा बढी भएको ठानिने निस्दी गाउँपालिकाको मेत वित्तिय प्रगति कमजोर हुनुमा गाउँपालिकाको गौरवको आयोजना भनिने केम खाच्चा सडक मार्गका कारण वित्तीय प्रगतिमा धक्का लागेको गाउपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । निर्माण व्यवसायीले भौतिक प्रगति कम गर्दा ठुलो रकम फिर्ता भयो । विकास र निर्माणका कार्यमा स्थानीयको लागत सहभागिता कम हुन लाग्यो जसले गर्दा उपभोक्ता समिति गठन गरे पनि यही लागत सहभागिताका कारण कामको थालनी हुन नसक्दा रकम फिर्ता भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?