ट्रेंडिंग:

>> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी

यस्तो छ ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो’ को तयारी, बुटवलमा सरसफाई

३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

बुटवल, २ साउन ।

वैदेशिक शिक्षा सेवा र शैक्षिक परामर्श सम्बन्धी कार्य गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.ले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको राजमार्ग चौराहामा आउँदो आइतबार आयोजना हुन गइरहेको शैक्षिक परामर्श कार्यक्रम “द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो—२०२५” को पूर्वसन्ध्यामा राजमार्ग चौराहमा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

शिक्षासँगै स्वच्छता अभियानको आयोजक एक्सपर्ट एजुकेशन टिमले स्थानीय क्षेत्रको सरसफाइ गर्दै, स्वच्छ वातावरणमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरेको बताइएको छ । संस्थाले युके, क्यानडा, अस्ट्रेलिया, अमेरिका र न्यूजील्याण्ड जस्ता विकसित राष्ट्रमा अध्ययन गर्न जाने विद्यार्थीका लागि आवश्यक सेवा र परामर्श प्रदान गर्ने उद्देश्यले ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो—२०२५’ आयोजना गर्न लागेको हो ।

 रुपन्देही र आसपासका विद्यार्थीहरूलाई उच्च शिक्षा सम्बन्धी परामर्श, अवसर र जानकारी दिने लक्ष्य राखिएको यो शैक्षिक सेमिनार कार्यक्रमलाई बुटवलकै ठूलो शैक्षिक कार्यक्रमको रूपमा हेरिएको छ । पछिल्लो समय युवा पुस्ताको बैदेशिक मोहका कारण युवा विदेशीने क्रम तीव्र छ । हरेक घरघरका युवा पिढी उच्च शिक्षा अध्ययन गर्नका लागि विभिन्न देश गैरहेको अवस्था छ । त्यसमा पनि विद्यार्थीहरुको रोजाईमा रहेका क्यानडा, अमेरिका, अस्ट्रेलिया, युके, न्यूजील्याण्ड लगायतका मुलुकहरुमा अध्ययन गर्न जाने विद्यार्थीहरुको भिड दिनानु दिन बढेको छ ।

बुटवलमा शाखा कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.ले विशेष गरी क्यानडा, अमेरिका, अस्ट्रेलिया, युके, न्यूजील्याण्ड अध्ययनका लागि जान चाहने बिद्यार्थीको मागलाई मध्यनजर गदै आफूहरुले ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्स्पो—२०२५’ शैक्षिक भेला अर्थात सेमिनारको आयोजना गरेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.का निर्देशक शंकर सापकोटाको भनाई छ । निर्देशक सापकोटाले बिदेशमा गरेको अध्ययन, सिकेको सिप र आर्जन गरेको कमाईलाई स्वदेश फर्केर आफ्नै देश र समाजमा लगानी गर्न आग्रह गरेका छन् ।

बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई २ दशकदेखि सेवा प्रदान गर्दै आएको यो संस्थाले सामाजिक रुपमा आफ्नो दायित्व समेत पूरा गर्दै आएको छ । खासगरी अष्ट्रेलिया, क्यानडा, यूके, अमेरिका, न्यूजील्याण्ड लगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीको रुचि र चाहना अनुरुप संस्थाले समय समयमा विभिन्न देशका काउन्सिलर अर्थात सहजकर्ताहरुले विश्वसनीय सेवा र परामर्श प्रदान गर्न यस्ता किसिमका भेला तथा सेमिनार आयोजना गर्दै विद्यार्थीहरुको चाहना पूरा गराएको एक्स्पर्ट एजुकेसन बुटवल शाखाका बिजनेस डेभलपमेन्ट म्यानेजर काशीराज गौतमको भनाई छ ।

एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेज शैक्षिक परामर्श सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत अन्तर्राष्ट्रियस्तरमा सम्मानित भैसकेको संस्था हो । हालसम्म नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल, भैरहवा, चितवन, नवलपरासी, इटहरी, विर्तामोड, नेपालगञ्ज लगायत १९ स्थानमा शाखा विस्तार गर्न सफल भएको छ । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लिले नेपालमा बिगत दुइ दशकदेखि सेवा उपलब्ध गराउदै आएको छ । हालसम्म प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ७० हजार बढी विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भिषा सम्बन्धी सेवा उपलव्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?