ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

दूध र खसी बेचेको आम्दानी सात करोड

३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

सल्यान, ०३ साउन ।

किसान लक्षित अनुदान तथा प्रोत्साहन कार्यक्रम प्रभावकारी बनेपछि सल्यानका विभिन्न पालिकामा उत्पादन र आम्दानी बढ्न थालेको छ । दार्मा र त्रिवेणी गाउँपालिकाका किसानहरूले पशुपालन र दूध उत्पादनबाट मात्र चालू आर्थिक वर्षमा करिब सात करोड बढी आम्दानी गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा दार्मा गाउँपालिकाबाट ९६६ जना किसानले खसी, बोका र दूध बिक्री गरेर ३ करोड ४४ लाख ३७ हजार ८८४ रुपैयाँ आम्दानी गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीका अनुसार पालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत दूधमा प्रति लिटर ८ रुपैयाँ र खसी बोकामा प्रति किलो ५० रुपैयाँ अनुदान दिँदै आएको छ । “अनुदान सिधा किसानको खातामा जान्छ, यसले उत्पादन र आम्दानीमा वृद्धि भएको छ,” अध्यक्ष केसीले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसम ओलीका अनुसार ४१४ जना किसानले २ लाख ४९ हजार ६१० लिटर दूध बिक्री गरी १ करोड ३७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

त्यस्तै ५५२ जना किसानले ३९ हजार ७४२ किलो खसी बोका बिक्री गरी २ करोड ६ लाख ८७ हजार ८८४ रुपैयाँ कमाएका छन् । दार्माले पशुजन्य उत्पादनको सङ्कलन तथा बजारीकरण सहकारीमार्फत गर्ने व्यवस्था मिलाएको छ ।

क्वारेनटाइनसहित निश्चित सङ्कलन केन्द्रमार्फत पशुजन्य उत्पादनको बजार पहुँच बिस्तार गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले नयाँ आर्थिक वर्षदेखि अदुवा र बेसारमा पनि प्रतिकिलो ५ रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।

यसै गरी जिल्लाकै त्रिवेणी गाउँपालिकाका किसानहरूले खसी बिक्रीबाट मात्रै ३ करोड २६ लाख ४३ हजार ६०३ रुपैयाँ आम्दानी गरेका छन् । समूह तथा सहकारीमार्फत बिक्री गर्ने किसानहरूलाई पालिकाले प्रतिकिलो २० रुपैयाँ अनुदान दिँदै आएको छ ।

अध्यक्ष खिम बहादुर रावतका अनुसार व्यापारीहरूद्वारा मनपरी मूल्य तोकिँदा किसान मारमा परेका थिए । तर सहकारी प्रणालीमार्फत बजारीकरण सुरु भएपछि किसान सन्तुष्ट भएको उनले बताए ।

पशु विकास शाखाका प्रमुख वसन्त रावतका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ३०८ जना कृषकलाई १० लाख ८० हजार ९२० रुपैयाँ अनुदान दिइएको छ । दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारीका १२० जना कृषकलाई पाँच लाख २८ हजार २२० रुपियाँ अनुदान प्रदान गरिएको छ ।

यो सहकारीमा आबद्ध किसानहरूले एक करोड ४६ लाख १६ हजार ७८५ रुपियाँ बराबरको खसी निर्यात गरेका छन् ।यस्तै नमुना सामाजिक उद्यमी महिला सहकारीबाट ७३ जना कृषकहरूलाई अनुदान बापत दुई लाख ३२ हजार १२० रुपियाँ दिइएको छ भने यो सहकारीबाट ७० लाख ४२ हजार १८४ रुपियाँ बराबरको खसी निर्यात भएका छन् ।

पशु विकास शाखाका अनुसार उपहार सामाजिक उद्यमी महिला सहकारीबाट ६२ जना कृषकहरूलाई एक लाख ८७ हजार ४०० रुपैयाँ अनुदान दिइएको छ भने यो सहकारीबाट ७१ लाख ५२ हजार ४६४ रुपियाँ बराबरका खसी बिक्री भएका छन् ।

यसै गरी त्रिवेणी पशुपालन व्यवसायी सहकारीबाट ५३ जना कृषकहरूलाई एक लाख ३९ हजार ८३९ रुपियाँ अनुदान दिइएको छ भने ३८ लाख ३२ हजार १७० रुपियाँ बराबरको खसी निर्यात भएको छ ।

अघिल्लो वर्षको तुलनामा त्रिवेणी गाउँपालिकाले झन्डै १ करोड रुपैयाँ बढीका खसी निर्यात गरेको छ । पालिकाले पकेट प्याकेज कार्यक्रमअन्तर्गत वडा नं. २, ४ र ५ लाई बाख्रा पकेट क्षेत्रको रूपमा विकास गरिरहेको छ ।

व्यवस्थापनको लागि सहकारीलाई पनि प्रतिकिलो १ रुपैयाँको दरले सहयोग रकम उपलब्ध गराइएको छ । स्थानीय सरकारले सञ्चालन गरेका पारदर्शी र उत्पादनमा आधारित अनुदान कार्यक्रमहरूले गाउँमा रोजगारी, आत्मनिर्भरता सँगै व्यावसायिक कृषि प्रणालीको विकासमा योगदान पु¥याएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?