ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रगतको अभाव बढ्दो 

३ श्रावण २०८२, शनिबार
३ श्रावण २०८२, शनिबार

बुटवल, ०३ साउन । 

शुक्रबार जन्मदिन परेका रूपेश पाण्डेले रक्तदान गरे । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रगत अभाव भएको जानकारी पाएका उनी आफ्नो जन्मदिन रक्तदान गरेर मनाए ।

उनी जस्ता धेरै युवाहरू रक्तदान गर्दै आएका छन् । जन्मदिन, विवाह वर्षगाँठ, संस्थाको स्थापना दिवसमा समेत रक्तदानको कार्यक्रम गर्ने प्रचलन बढेको छ । प्रत्येक वर्ष रुपन्देहीमा नयाँ रक्तदाताहरू थपिने गरेको छ ।

रक्तदाता सम्बद्ध विभिन्न संघसंस्थाहरूबाट चलाइने अभियानकै कारण नयाँ रक्तदाता थपिने गरेका हुन । रक्तदाता थप हुँदा रगतको माग पनि उस्तै बढ्दो छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र अन्तर्गतको बुटवल र भैरहवा शाखामा रगत व्यवस्थापन कठिन परेको छ ।

अहिले ब्लड बैकमा सबै ग्रुपको रगत अभाव छ । नेपाल नियमित रक्तदाता सङ्घ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले रगत व्यवस्थापनमा धेरै कठिनाइ रहेको बताए । ‘युवा रक्तदाताको अभाव छ, यो पनि मुख्य कारण हो ।’–उनले भने । पछिल्लो समय नियमित रक्तदान कार्यक्रम भए पनि ठुलो रक्तदान कार्यक्रम हुन नसकेको दुखेसो गरे ।

रक्तदाता बढेको भए पनि नियमित रक्तदाताहरू बिदेसिँदा अर्को समस्या भएको उनले बताए । नयाँ रक्तदाता बढाउने गरी सङ्घबाट ‘टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता’ अभियान समेत चलाउँदै आएको उनले बताए ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री पनि लामो समयदेखि रक्तदाता बढाउने अभियान चलाउँदै आएका छन् । ‘१८ वर्षसँगै रक्तदान, शुभ कार्यमा रक्तदान गर्ने, कविता प्रतियोगिता’ जस्ता रचनात्मक कार्यक्रम मार्फत रक्तदाता अभियान चलाउँदै आएको उनले बताए ।

दैनिक नयाँ रक्तदाताहरू जन्मिए पनि रगतको अभाव भने टर्न नसकेको उनले बताए । ‘बुटवलमा बि पोजेटिभ रगत सबैजसो अभाव रहन्छ,’– उनले भने । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले अस्पतालहरूमा अपरेसन गर्ने बिरामीलाई रगतको माग भए अनुसारको खपत नगरी खेर जाने गरेको घटनाहरू भएको बताए ।

‘रगत कतिपय अवस्थामा खेर जान्छ,’– उनले भने ।  खासै अभाव नहुने ओ पिजिटिभ रक्त समूहको समेत अभाव रहेको उनले बताए । नेपाल रेडक्रस सोसाइटी रक्त सेवा सञ्चार केन्द्रको ओ पोजेटिभ रगत राखिएको फ्रिज समेत खाली भएको छ । बुटवलमा दैनिक बुटवलमा मात्र दैनिक १२०–१५० पिन्ट रगत माग हुने गरेको छ ।

रुपन्देहीका दुई केन्द्रमा ३६ हजार रगत खपत हुने गरेको छ । तथा ४ हजार रक्तदाता थपिँदै आएको उनले दाबी गरे । रक्तदाताहरूमध्ये वर्षमा एक पटक मात्र दान गर्नेको सङ्ख्या धेरै रहेको उनले बताए । दाता खोज्ने र रगत उपलब्ध गराउने काममा यहाँका विभिन्न स्वयंसेवी रक्तदाता समूहहरू लागेका छन् ।

चिकित्सा विज्ञानमा अहिले उच्च रक्तचाप र मधुमेहको औषधी सेवन गर्ने स्वास्थ्य मानिसले पनि रक्तदान गर्न सक्ने भनिएको छ । पछिल्लो समय चितवनका चिकित्सकहरू यो प्रावधान लागु गरेका छन् । रुपन्देहीमा पनि यसलाई मान्यता दिन सके रगतको मागलाई थोरै पनि रोक्न सकिने उनले बताए ।

यसैबिच नेपाल अटो मेकानिक्स ट्रेड युनियनको २८ औ स्थापना दिवसको अवसरमा शुक्रबार नेपाल अटो मेकानिक्स ट्रेड युनियन बुटवल रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । एक कार्यक्रमका बिच बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्याललेब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरे ।

रुपन्देहीका व्यवसायी र उद्योगीहरू आफ्नो संस्थागत हकहित सँगै समुदायमा आधारित विभिन्न गतिविधिमा समेत अग्रसर रहेको उनले बताए ।  मजदुरको हकहितको क्षेत्रमा अग्रसर रहेको युनियन सामाजिक क्षेत्रमा समेत रचनात्मक कार्यक्रम गर्दै आएको युनियनका अध्यक्ष गणेश प्रसाद भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?