ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

मिडियामा लैङ्गिक हिंसाका सवाललाइ उठाउनुपर्ने

१४ मंसिर २०७९, बुधबार
१४ मंसिर २०७९, बुधबार

दाङ, १४ मङ्सिर ।

लैङ्गिक बिभेदमा आधारित हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मिडियामा लैङ्गिक हिंसाका सवाल विषयक अन्तत्र्रिmया कार्यक्रम बुधबार घोराहीमा सप्पन्न भयो । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको संयोजन र फ्री मिडिया नेटवर्क दाङको आयोजनामा कार्यक्रम भएको हो ।

दाङका दैनिक पत्रिकामा लैङ्गिक सवालको उठान के कसरी भइरहेको छ भन्ने विषयमा पत्रकार जे एन सागरले कार्यपत्र प्रस्तुत गर्दै दाङका पत्र पत्रिकामा छापिएका समाचारलाई अध्ययन गरेर प्रस्तुत गरेका थिए । दाङमा ४२ बढी सञ्चार माध्यम रहेकोे र पत्रकार महासंघ दाङमा २७३ जना सदस्यमा ६१ जना महिला पत्रकार रहेकोे बताए । छापा माध्यम दाङमा ५ वटा मध्ये ४ वटा मा महिला सम्पदक रहेको जानकारी दिए ।

महिला सम्बन्धी सामाचार प्रकाशित भएको र सबै छापा माध्यमले प्राथमिकतामा राखेर महिला सम्बन्धी समाचारलाई प्रकाशित गरेको उनले बताए । प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले पत्रकार महिलाहरु कार्यक्षेत्रमा कसरी काम गरिरहेका छन् भन्ने बारेमा अनुगम थालेको बताए । अरु हिंसा भएका समाचार लेख्ने पत्रकारको अबस्था पनि जान्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी निरीक्षक मिरा खडकाले महिला हिंसाको अबस्था हेर्दा लुम्बिनी प्रदेशमा लैङ्िगक हिंसाको घटना दाङमा धेरै भएको बताइन् । महिलाहरू आर्थिकरुपमा कमजोरी भएका महिला हिंसा बढेको उनको भनाइ थियोे ।

नागरिक समाज दाङका संयोजक केबि मसालले लक्षित वर्गसम्म कार्यक्रम पुग्न नसकेको बताए । मिडियाले हिंसाका कुरालाई प्राथमिकता दिएर सम्बन्धित निकायलाई घच्घच्याउनु पर्ने बताए । सो अवसरमा सामाजिक रुपान्तरणका लागि महिला मंच सचिव सुशीला आचार्य, पत्रकार महासङ्घ दाङ शाखाका पुर्व उपाध्यक्ष लिला शाह, महिला मानव अधिकार रक्षक संजाल दाङका अध्यक्ष सुशिला पौडेल , सिसाका अध्यक्ष ससिदा सिद्धिकि, पत्रकार महासंघ दाङका सल्लाहकार लक्ष्मी आचार्यले लगायतले आ आफ्नो धारणा राखेका थिए । पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा कार्यक्रम भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?