ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

स्वास्थ्यसँगै पर्यटन प्रवर्द्धनमा साइक्लिङ 

२ श्रावण २०८२, शुक्रबार
२ श्रावण २०८२, शुक्रबार

बुटवल, ०२ साउन । 

भैरहवाका जनक रानासंग साइकल नाता गहिरो छ । साइक्लिङ उनलाई परिवार आफन्तभन्दा प्यारो लाग्छ । उनी बिहान सबेरै साइकल चलाउँछन् । उमेरले ५४ वर्ष पुगेका रानाको साइक्लिङ गर्ने दैनिकी बनेको छ । प्रत्येक दिन बिहान भैरहवाबाट साढे चार बजे बुटवल आउँछन् । साथीहरूसँग चिया पिएर फेरि साइकलमा नै भैरहवा फर्कन्छन् ।

साइकल चलाएर नै आफू स्वास्थ्य भएको उनी बताउँछन् । ‘कुनै रोग छैन,’–उनले भने । साथीभाइसँगै उनी देशका विभिन्न कुनाकाप्चामा हुने इभेन्टमा सहभागी भएका छन् । आयोजकले तयार गरेको रुटमा घुम्ने र रमाउने गर्छन् । बाके, बर्दिया, चितवन, मुक्तिनाथ लगायतका देशभित्र र विदेशमा पनि उनी साइकल चलाएका छन् ।

भैरहवाका सूर्य सारू १२ वर्षअघि खुट्टामा समस्या भयो । हिँडडुल गर्न समेत कठिन भएपछि उनी चिकित्सकलाई देखाउन पुगे । ‘चिकित्सकले खुट्टाको लिगामेन्टको समस्या देखियो ।’–उनले भने । चिकित्सककै सुझावमा उनले साइकल चलाए । पछिल्लो एक दशकबाट नियमित साइकल चलाउँदै आएका उनी आफ्नो समस्या सबै समस्या हराएको बताए ।

साइक्लिङसँगै स्वास्थ्य मात्र नभई अहिले उनी विभिन्न पर्यावरणलाई जोडेर अभियान चलाउन लागेका छन् । बिहान सबेरै साथीहरूसँग जुटेर साइकलमा विभिन्न रुटमा हिड्न गर्छन् । ‘बिरामी भएर औषधी उपचारमा लाग्नुभन्दा साइकल चलाएर स्वास्थ्य हुनु ठिक ।’–उनले भने । साइकल सिटी भैरहवाका संस्थापक अध्यक्ष समेत रहेका उनी भर्खर मात्र मुक्तिनाथमा सम्पन्न साइकल इभेन्टमा सहभागी भए ।

देश घुम्ने र घुमाउने अभियानमा उनी लागेका छन् । बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रवर्द्धन गर्ने ‘बुद्ध ज्ञान साइकल यात्रा’ को तेस्रो संस्करणको तयारीमा छन् । जसमा देश विदेशबाट समेत सयौँ साइकल यात्रीहरू सहभागी गराउने लक्ष्य रहेको बताए । भैरहवालाई दक्षिण एसियाको पहिलो साइकल सहर बनाउने ठुलो उद्देश्य सहित साइकल सिटी भैरहवाको योजना रहेको उनले बताए ।

बुटवल कालिका नगरका दीपक कार्की पनि दैनिक साइकल चलाउँछन् । नसाको समस्या भएका उनी साइकल चलाएरै ठिक भएको बताए । ‘बिहान २ घण्टा साइक्लिङकै कारण शरीरबाट रोग टाढा हुन्छ ।’– उनले भने । एक दिन साइकल नचलाउँदा के छुटेजस्तो हुने उनको तर्क छ । नियमित साइकल चलाउने मात्र नभई उनी बुटवल युनाईटेड साइक्लिङ क्लबमा समेत आबद्ध छन् ।

क्लबबाट प्रत्येक वर्ष विविध कार्यक्रमहरू गर्दै आएका छन् । यस वर्ष मणि मुकुन्द बुटवल कोरा २०२५ को संयोजक समेत रहेका उनी साइकल अभियानमा सरकारको ध्यान जान जरुरी रहेको बताए । साइकलमैत्री पूर्वाधार विकास र कार्यक्रम सरकारबाट ल्याउन सके मात्र साइकल संस्कृति विकास हुने उनले बताए । साइकलमार्फत साथीभाइ जुट्ने र सामाजिक गतिविधि समेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?