© २०२३
बुटवल, १४ मंसिर ।
निवृत्त राष्ट्रसेवक समाज केन्द्रीय कार्यसमितिको बैठक बुटवलमा सम्पन्न भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष खेमनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकमा सहअध्यक्ष विष्णुप्रसाद बस्याल, तिलकराम पौडेल, प्रा. आनन्दमान सिंह शाक्य, उपाध्यक्ष टेकबहादुर थापा, कृषिविज्ञ रामलखन मण्डल, सहअध्यक्ष थपराज कट्टेल, त्यस्तै हेमबहादुर पछाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उनीहरुले जीवनको उर्जाशील जीवन सरकारको सेवामा खर्चेका राष्ट्रसेवकले अहिले पनि विभिन्न विधामा राज्यलाई सहयोग गर्न सक्ने भएकोले त्यसतर्फ ध्यान जान आवश्यक रहेको बताए । देशभर विभिन्न ३२ जिल्लामा संगठन रहेको समाजको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । बैठकले प्रा. आनन्दमान सिंह शाक्य र तिलकराम पौडेललाई सल्लाहकारमा र बालकृष्ण ज्ञवालीलाई सदस्यमा मनोनयन गरेको छ ।