Butwal Today

एमालेमा पदाधिकारी घटाउने प्रस्ताव, अध्यक्षसहित ११ जना मात्रै

१ श्रावण २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेमा पदाधिकारी संख्या घटाउने प्रस्ताव भएको छ।

नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान अधिवेशनका लागि तयार भएको विधान मस्यौदा प्रस्तुत गर्दै पदाधिकारी संख्या घटाउने प्रस्ताव गरेका हुन्।

जसमा ११ जना मात्रै पदाधिकारी बनाउने उल्लेख गरिएको छ। नयाँ प्रस्ताव अनुसार अध्यक्ष १, उपाध्यक्ष ३ (एक वरिष्ठ उपाध्यक्षसहित), महासचिव १, उपमहासचिव १ र सचिव ५ हुनेछन्।

अहिले एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव रहेका छन्।

हाल एमालेमा १९ पदाधिकारी हुने व्यवस्था छ। त्यस्तै पौडेलले केन्द्रीय कमिटीको संख्या १ सय ९९ बनाउने प्रस्ताव गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?