ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

दाना लाग्न नपाउँदै मकैमा बाँदरको उपद्रो

३२ असार २०८२, बुधबार
३२ असार २०८२, बुधबार

सल्यान, ३२ असार ।

हरेक वर्ष जङ्गली जनावरको उपद्रो बेहोर्दै आएका सल्यानका किसान यस पटक पनि मकै बालीमा बाँदरले क्षति पु¥याउन थालेपछि चिन्तित बनेका छन् । विशेष गरेर जिल्लाको ग्रामीण भेग र जङ्गल छेउछाउमा गरिएको मकै खेतीमा बाँदर, दुम्सी, बँदेल, सुगा लगायतका जनावरले क्षति पुर्‍याउने गरेका छन् ।

जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित लामिडाँडाका किसानहरूले मकैको घोगामा दाना लाग्न नपाउँदै बाँदरले भाँचेर खाने र क्षति पु¥याउने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सल्यानका विभिन्न ग्रामीण क्षेत्रमा यस वर्ष मकै उत्पादनमा ठुलो क्षति पुगेको छ । मकैमा घोगा लाग्न नपाउँदै जङ्गली जनावर विशेष गरी बाँदरको हुलले खेतबारीमा धावा बोल्दा किसानहरू अत्यन्त चिन्तित बनेका छन् । यहाँको मुख्य खाद्यान्न सुरक्षाको स्रोत रहेको मकै बालीमा हरेक साल बाँदर, बँदेलको बथानले बाली सखाप पारिरहेको किसानको गुनासो छ ।

“घरको काम छाडेर बिहानदेखि रातिसम्म बारीमा बस्न पनि नसकिने“, कपुरकोट ३ लामिडाँडाका किसान टेक बहादुर वलीले भने ‘जोगाउने प्रयास गरेपनि कतिबेला आएर नोक्सान गर्छ, थाहै हुँदैन ।’

बर्सेनि मकै रोप्ने गरेका किसानहरू बाली राम्रो लागेर उत्साहित भएको बेला जनावरले क्षति गरिदिँदा निराश हुने गरेका छन् । किसानहरूले बाली उत्पादनमा घट्दो सफलता र बढ्दो जनावरको उपद्रोका कारण कृषि पेसाबाट विमुख हुनुपर्ने अवस्था आएको बताउँछन् । कपुरकोट गाउँपालिका सँगै छत्रेश्वरी, कुमाख, सिद्धकुमाख, कालीमाटी, बागचौर, बनगाड कुपिण्डे लगायतका क्षेत्रमा जङ्गली जनावरले मकै बालीमा ठुलो नोक्सानी गर्दै आएका छन् ।

धेरै कृषकको वर्षभरिको मुख्य बाली मकै भएकाले यसले उनीहरूको जीवनयापनमा प्रत्यक्ष असर गर्ने देखिन्छ । कृषि बाली जोगाउनका लागि स्थानीय, प्रदेश, केन्द्रीय सरकार र सरोकारवाला निकायसँग कुनै ठोस योजना देखिँदैन ।

जलवायु परिवर्तन, वन क्षेत्रको संरचना, मानव र वन्यजन्तुबिचको द्वन्द्व तथा खेती प्रणालीबिचको सन्तुलन गुम्दै जाँदा बाँदर लगायतका जनावरबाट मकै लगायतका बालीमा क्षति हुँदै गएको कृषि विज्ञहरूको भनाइ छ । कृषकलाई राहत, सुरक्षाका उपाय र दीर्घकालीन समाधान नखोजिएमा समग्र कृषि क्षेत्रमै असर पुग्ने खतरा बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?