© २०२३
प्यूठान, १३ मंसिर ।
प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य थापाले स्थानीय तहको निर्वाचनदेखि नै भन्दै आएका थिए, अब प्यूठान मसालको गढ रहँदैन । मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाकै कारण जिल्ला विकासमा पछाडी पर्दै आइरहेको सूर्य मात्र होइन् अन्य दलका नेताहरुले पनि सुनाउँदै आएका थिए । कुनै बेला मसालको किल्ला भनेर चिनिने प्यूठान यसपालि भने स्थानीय तहको निर्वाचनदेखि नै खस्किदै गयो । जिल्लाको मल्लारानी गाउँपालिकाको अध्यक्षमा बाहेक अरु पालिकामा उक्त पार्टीको नेतृत्व छैन ।
०७४ सालमा बामगठवन्धनको सहायताले चुनाव जितेकी राजमोकी दुर्गा पौडेल यसपाली पराजय भइन् । मसालको चर्को आलोचना गर्ने सूर्य थापाले दुर्गालाई ५ हजार ३ सय ४ मतले पछि पार्दै विजय हात पारे । सूर्यले ४१ हजार १ सय १८ र दुर्गाले ३५ हजार ८ सय १४ मत लिइन् । समानुपातिक तर्फ पनि प्यूठानमा एमाले पहिलो दल बन्यो । राजमो झनै खस्किएर चौथो दल बन्यो ।
जिल्लाबासीले चोकचोकमा अब मसाललाई आफ्नो अस्तित्व जोगाउनै मुश्किल पर्ने अनुमान गरिरहेका छन् । यसपालिको नतिजा हेर्दा अबका निर्वाचनमा जिल्लामा नेकपा एमाले र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
चुनाव जितेर मतदातालाई धन्यवाद दिन भोट माग्न जस्तै गाउँ गाउँ पुगेका सूर्य थापालाई जिल्लाका नागरिकहरुले विकासको आशाले मतदान गरेको सुनाए । यसपाली बृद्धबृद्धादेखि बालबच्चाको मनमनमा उनी बसेको पाइयो । ‘हामी फरक राजनीतिका व्यक्ति हौँ’,–मल्लरानी गाउँपालिकाको धरमपानीमा मतदातालाई धन्यवाद दिन पुगेका थापालाई स्थानीयले भने,–‘पार्टीभन्दा व्यक्ति हेरेर भोट दिएका छौँ, गुनासो नगर्ने गरी विकास गरेर देखाउनुहोला ।’ स्थानीयको आशिर्वाद सुनेर थापा भावुक बने ।
राष्ट्रिय राजनीतिमा प्रत्यक्ष प्रभाव पार्न नसक्ने दलकै प्रतिनिधिले जिल्लाको प्रतिनिधित्व गर्दा प्यूठान पछाडी परेको आम गुनासोको पोको बोकेर सूर्य थापा पहिलोपटक संसद् भवन छिर्दै छन् । पहिलोपटक प्रत्यक्ष चुनाव लडेका उनलाई सुरुवातमै जिल्लाबासीले छानेर पठाए
थापाको राष्ट्रिय राजनीतिमा दरिलो प्रभाव भएको मानिन्छ । नेकपा एमालेको पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज रहेका उनी दुई पटकसम्म प्रधानमन्त्री पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र झलनाथ खनालको प्रेस सल्लाहकार भएर काम गरेका थिए । उनको यही राष्ट्रिय पहुँच र प्रभावकै कारण जिल्लाबासीको रोजाईमा उनी परे ।
चुनाव जितेर घरदैलोमा पुगेका थापाले दलको प्रतिनिधित्व गरेर चुनाव जितेपनि अब सवै प्यूठानीको साझा अभिभावक बनेर काम गर्ने प्रतिवद्धता सुनाएका छन् । निर्वाचनमा ५१ बुँदे विकासका प्रतिवद्धता बोकेर उनी मतदाताको घरदैलोमा पुगेका थिए ।
जिल्लाबासीले थापासँग धेरै आशा पनि गरेका छैनन् । देखिने गरी जिल्लाका महत्वपूर्ण ठूला आयोजनाको काम पुरा गरेमा थापा जिल्लाबासीको रोजाईमा परिरहने छन् ।
लामोसमयदेखि चर्चामा मात्र आइरहेको नौमुरे जलविद्युत आयोजना निर्माण, चाल्नेटारमा स्वर्गद्वारी विमानस्थल निर्माण, बाग्दुला–भिमगिठे सडक निर्माण, मदन भण्डारी राजमार्ग निर्माण र जिल्लाका मुख्य मुख्य भित्री सडक कालोपत्रे गर्ने कामको अगुवाई सूर्यकै पालामा हुने जिल्लाबासीको आश छ । यिनै योजनाको काम पुरा गर्ने कामको अगुवाई थापाकै नेतृत्वमा गर्नेमा जिल्लाबासीको माग छ । थापाले आफ्नो चुनावी प्रतिवद्धतामा पनि यी एजेण्डा समावेश गरेका छन् । सांसद् बनेर गएका थापा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा मन्त्री बन्ने हैसियत राख्ने मतदाताले आशा गरेका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी