ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता
मतदाता शिक्षाको प्रभाव

कपिलवस्तुमा ‘घट्यो बदर मत’

१४ मंसिर २०७९, बुधबार
१४ मंसिर २०७९, बुधबार

कपिलवस्तु, १४ मंसिर ।

जिल्लाका राजनैतिक दलले मत बदर हुन नदिन मतदातालाई सचेत गराएसँगैं कपिलवस्तु जिल्लामा प्रतिनिधि र प्रदेशसभाको यो निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा बदर मतको प्रतिशत घटेको छ ।

कपिलवस्तुमा २०७४ सालको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ६ प्रतिशत मत बदर भएको भए पनि यो निर्वाचनमा मत बदर हुने प्रतिशत केही घटेको छ । २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा जिल्लाभर ५ दशमलव ३१ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ मतदाता मध्ये २ लाख ५३ हजार ५ सय ९ जना (६७ दशमलव ०२ प्रतिशत) ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुको तथ्याङ्क छ । जसमा १३ हजार ४ सय ५६ (५ दशमलव ३१ प्रतिशत) मत बदर भएको देखिएको छ । २०७४ सालको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जिल्लामा प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा २ लाख ३० हजार ३ सय ५२ मतदान भएकोमा २ लाख १६ हजार ५ सय ३८ मत सदर भएको थियो । अर्थात सो निर्वाचनमा १३ हजार ८ सय १४ मत (६ प्रतिशत) मत बदर भएको थियो ।

त्यसैगरी यो निर्वाचनमा प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ ३ लाख ७८ हजार २ सय ३२ मतदाता मध्य २ लाख ५३ हजार १ सय ७० जना (६६ दशमलव ९३ प्रतिशत) ले मतदान गरेका छन् । जसमा ११ हजार १ सय ४३ (४ दशमलव ४० प्रतिशत) मत बदर भएको भेटिएको छ । २०७४ मा प्रदेशसभा प्रत्यक्ष तर्फ खसेको २ लाख ३ हजार ३ सय २४ मध्य १३ हजार ८ सय ३ (६ प्रतिशत) मत बदर भएको थियो । यस बर्ष भएको प्रतिनिधिसभाको समानुपातिक तर्फ ३ लाख ७८ हजार ६ सय ३२ मतदाता मध्ये २ लाख ५४ हजार ९ सय ५५ जनाले मतदान गरे । जसमा १३ हजार १ सय ३७ (५ दशमलव १५ प्रतिशत) मत बदर भएको छ ।

२०७४ सालमा समानुपातिक तर्फ ६ प्रतिशत मत बदर भएको थियो । २०७९ बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा जिल्लामा २ लाख ८३ हजार ५ सय ७१ मतदान भयो । जस मध्ये पूर्ण बदर भएको मत ५ हजार १ सय २४ (१ दशमलब ८१) प्रतिशत रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कले देखाउँछ । देशभर कुल खसेको १ करोड २५ लाख ८४ हजार मत मध्ये २ दशमलव ४ प्रतिशत मत पूर्णरुपमा बदर भएको देखिन्छ । यद्यपि आशिंक बदर मतको संख्या उच्च थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बदर भएका मतहरुमा एकदेखि चार वटा चिन्हमा छाप लगाएको, औंठा छाप लगाएको, कुनै चिन्हमा छाप नलगाएको, सबै चिन्हमा छाप लगाएको र चिन्हहरु भन्दा बाहिर छाप लगाएको भेटिएको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत सुमन पाण्डेले बताए । “प्रतिनिधिसभा २ को प्रत्यक्ष तर्फ मतगणनाका क्रममा सबै ११ उम्मेदवारलाई मतदान गरेको बदर मत पनि भेटिएको छ”–उनले भने ।

मतदाताको शिक्षाको स्तार बृद्धि हुँदै जानुका साथै दलहरु मत बदर रोक्न मतदाता शिक्षामा केन्द्रित भएकाले बदर मतको दायरा घटेको उनले स्पष्ट पारे । यो निर्वाचनमा मतदाता शिक्षाको जिम्मेवारी निर्वाचन आयोगले सम्बन्धित स्थानीय तहलाई दिएको थियो । स्थानीय तहले सञ्चालन गरेको मतदाता शिक्षाको कार्यक्रमको प्रभावकारितामा प्रश्न उठ्दै गर्दा दलले आफ्नो पार्टीलाई आउने मत बदर नहोस भनी सजगता अपनाएको देखिएको छ । मत बदर हुन नदिन जिल्लाका सबैजसो दलहरुले नमुना मतपत्र तयार पारी मतदातालाई मतदान गर्ने तरिका सिकाएका कारण बदर मत घटेको नेपाली काँग्रेसका जिल्ला सचिव शक्तिसिहं ठकुरीले बताए । आयोगले मतदाता शिक्षालाई थप प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले कात्तिक १८ देखि मंसिर १ गते सम्म स्थानीय तहको अगुवाईमा जिल्लाका सम्पूर्ण ९६ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरेको जिल्ला निर्वाचन अधिकारी राजिव पन्थीले जानकारी दिए । १÷१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नमुना मतपत्र, फिलिप चार्ट, ब्रोसर, पम्पलेट र फ्ल्याक्स प्रिन्ट लगायतका सामग्री सहित मतदाता शिक्षाका लागि वडामा खटाईएको उनले बताए । मतदाता शिक्षा प्रभावकारी बनाउनका लागि भन्दै जिल्ला निर्वाचन कार्यालयले दश वटै पालिकामा गरिएको १÷१ वटा नमुना मतदानका क्रममा करिब १० प्रतिशतको हाराहारीमा मत बदर भएको थियो । नमुना मतदानमा १० प्रतिशत बदर मत देखिए पनि अघिल्ला बर्षको तुलनामा बदर मत घटेको छ ।

निर्वाचनमा जिल्लाका राजनैतिक दलको सहयोगका कारण मतदाता शिक्षा प्रभावकारी हुन सकेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश सुर्यनाथ प्रकाश अधिकारीले कपिलवस्तु २ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई प्रमाणपत्र हस्तान्तरणका क्रममा बताए । “मतदातालाई मतदान बारे सचेत गराउन जिल्लाका राजनैतिक दलको भूमिका महत्वपुर्ण रहेको छ”–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?