ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

नागरिकले स्वास्थ्य बिमा मार्फत सेवा पाउनुपर्ने  

२९ असार २०८२, आइतबार
२९ असार २०८२, आइतबार

दाङ,२९ असार।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत प्राथमिक सेवा प्रदायक संस्थाको रूपमा समावेश गर्न माग गर्दै विभिन्न  सरोकार सङ्घ संस्थाहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । स्वास्थ्य बिमा बोर्डलाई  प्रतिष्ठानलाई प्रथम सेवा विन्दु कायम गर्न वा कुनै उपयुक्त वैकल्पिक व्यवस्था गर्न माग गर्दै नागरिक समाजको अगुवाइमा आइतबार स्वास्थ्य बिमा बोर्ड दाङ, जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिमा बोर्डलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

जनताको स्वास्थ्य उपचार अधिकारमाथि गम्भीर हस्तक्षेप हुने गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा विन्दुबाट हटाएर रेफरल सेन्टरमा सीमित गर्न लागिएपछि जिल्लास्थित संघसस्थाहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत अब घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीमितले सिधै सेवा नपाउने भएपछि यसले प्रतिष्ठानलाई प्रथम सेवा विन्दु कायम गरी सेवा यथावत राख्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्ग र आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेकोमा स्वास्थ्य बिमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केवल रेफरल सेन्टरका रुपमा सीमित गर्नुले सरकारको उदेश्य माथि गम्भीर प्रश्न खडा गरेको उनीहरुको ठहर छ ।

पछिल्लोे निर्णयले संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सेवा पाउने मौलिक हकमा प्रत्यक्ष हस्तक्षेप हुने भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुनः स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत प्राथमिक सेवा प्रदायक संस्थाको रूपमा समावेश गर्न वा कुनै उपयुक्त वैकल्पिक व्यवस्था गर्न अनुरोध गरिएको छ । ‘नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङलाई केवल रेफरल सेन्टरको रूपमा कायम गरिएको प्रति दाङका नागरिक समाज सङ्घ सस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ‘२०७८ सालदेखि लागू गरिएको स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक रूपमा कमजोर वर्ग र आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ ।

तर हालै नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले सार्वजनिक गरेको विवरणअनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केवल रेफरल सेन्टरका रुपमा सीमित गर्नुले सरकारको उद्देश्य माथि गम्भीर प्रश्न खडा गरेको छ । यो निर्णयले संविधानले प्रत्याभूत गरेको स्वास्थ्य सेवा पाउने मौलिक हक मा प्रत्यक्ष हस्तक्षेप गरेको छ ।’ ध्यानाकर्षण पत्रमा लुम्बिनी प्रदेशको प्रशासनिक तथा स्वास्थ्य सेवाको केन्द्र मानिएको घोराहीका नागरिकलाई सहज स्वास्थ्य सेवा बिस्तार गर्दै लैजानुको सट्टा स्वास्थ्य पहुँच झनै कष्टकर बनाउन खोज्नु स्वीकार्य हुन नसक्ने उल्लेख छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको घोराही उपमहानगरपालिकामा अहिले जिल्ला अस्पताल वा नगरस्तरीय अस्पताल नरहेको अवस्थामा प्रतिष्ठानलाई स्वास्थ्य बिमा सेवाबाट प्राथमिक सेवा प्रदायकको सूचीबाट हटाउनु घोराही उपमहानगरपालिका तथा आसपासका जनताका लागि स्वास्थ्य सेवामा गम्भीर लापरवाही र अन्यायपूर्ण कदम भएको नागरिक अगुवाहरुको ठहर छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुनः स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत प्राथमिक सेवा प्रदायक संस्थाको रूपमा समावेश गर्न वा कुनै उपयुक्त वैकल्पिक व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
दाङमा ७१ हजार बढी स्वास्थ्य बीमामा आवद्ध छन् । जसमध्ये ३७ हजार बढी बीमित घोराहीका रहेका छन् । तर, धेरै बीमित भएका ठाउँका नागरिकलाई स्वास्थ्य सेवा लिन कठिन हुने भएपछि विभिन्न संघसंस्थाका प्रतिनिधिले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?