© २०२३
कपिलवस्तु, २८ असार
आप्रवासी तथा उनीहरूका दम्पत्तीहरूका लागि संचालित एचआईभी रोकथाम कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लामा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सँग सहकार्य गर्नु पर्नेमा जोड् दिईएको छ ।
नागार्जुन डेभलपमेन्ट कम्युनिटी (एनडिसी) कपिलवस्तुको आयोजनामाकपिलवस्तु जिल्लाका आप्रवासी तथा उनीहरूका दम्पत्तीहरूका लागि संचालित एचआईभी रोकथाम कार्यक्रम अन्तर्गत सरोकारवाला संस्थाहरुसँग समन्वयात्मक बैठकका सहभागी सरोकारवालाले सो सुझाव दिएका हुन ।
सो अवसरमा बोल्दै एनसीडि रुपन्देहीकी पोष्ट प्रोजेक्ट अफिसर राधा अधिकारीले नेपाल सरकारको राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२६ मा योगदान गर्ने कार्यक्रम अन्र्तगत सन् २०३० भित्र एचआईभी संक्रमणलाई अन्त्य गर्ने नितीलाई सहयोग पुर्याउन परियोजना सञ्चालन गरिएको जनाईन ।
ग्लोबल फण्डको सहयोग र यू .एन. डि .पी तथा स्वाथ्य तथा जनसंख्या मन्त्रालयको साझेदारीमा बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिममा सञ्चालनमा रहेको परियोजना २०२७ जुलाई सम्म सञ्चालनमा रहने जनाईएको छ । परियोजना अन्र्तगत आप्रवासी तथा उनीहरूका दम्पत्तीहरूका लागि व्यवहार परिर्वतन सञ्चार, एचआईभी परिक्षण, प्रेषण तथा एचआईभी उपचार सेवा, स्वास्थ्य सेवा प्रदायक निकाय सँग सहकार्य, अनुगमन, मुल्याकंन र सहकार्य गर्ने अधिकारीले स्पष्ट पारिन ।
विशेष गरि भारतबाट आएका र कम्तिमा कामको लागि ६ महिना बसी मौसमी, चाडपर्व वा अन्य अवसरमा मुल बसोबास थलोमा फर्केर फेरी सोहि कामको लागि जाने योजना भएका व्यक्ति तथा उनीहरूको दम्पत्ति लक्षित परियोजनाको कार्यक्रम व्यवहार परिवर्तन शिक्षा, एच.आई.भी परिक्षण, पुष्टिपरिक्षण र उपचारमा सहयोग, क्षयरोग स्क्रीनिङ, कण्डम वितरण र प्रेषण सेवा प्राथमिकतामा रहने एनसिडी कपिलवस्तुकी संयोजक झगा कुमारी पुनले जानकारी दिईन ।
परियोजनाले सन् २०२६ जनवरी सम्मको अबधी भित्र ६३ हजार ३ सय १ जनामा व्यवहार परिर्वतन शिक्षा प्रदान गर्ने र क्षयरोगको स्क्रिनिगं गर्ने, ६ सय १६ मोबाईल क्याम्प मार्फत ५३ हजार ८ सय ५ जनामा एचआईभी परिक्षण गरि ५९ नयाँ संक्रमित पत्ता लगाउने तथा ३ लाख १६ हजार ५ सय ३ गोटा कण्डम बितरणको लक्ष्य राखेको जनाईएको छ । एचआई परिक्षण किटको उपलब्धता समयमै नहुदाँ क्याम्प सञ्चालनमा समस्या परेको, लक्ष्य अनुसार कण्डम बितरण कम भएको, स्वास्थ्य सामाग्री र न्युन कर्मचारीले लक्ष्य पुरा गर्न समस्या परेको कार्यक्रममा जनाईएको थियो ।
कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख रमेश कुर्मीले एचआईभी संक्रमण न्युनिकरणका क्षेत्रमा कार्यरत संघ संस्थाले सहकार्यलाई बढावा दिदै एकिकृत तथ्याकं तयार पार्न सुझाव दिए ।
कार्यक्रममा सहभागी स्वास्थ्य कार्यालयका एचआईभी फोकल पर्सन मोहम्मद ईरफान, कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता, कपिलवस्तु अस्पतालका राकेश कुमार साह, रत्नाकर शुक्ला, गैसस महासंघ जिल्ला अध्यक्ष जयप्रकाश पाण्डेय, समपर्ण समुहकी शुसिला बेल्बासे, एचएचएफकी परामर्शदाता कुसुम थापा लगायतले आप्रवासनका क्षेत्रमा काम गर्दा पालिकास्तरकै सामी कार्यक्रम र स्वास्थ्य कार्यालय सँग सहकार्य गर्न, एचआईभीका क्षेत्रमा काम गर्ने संस्था र अन्य निकाय सँग सहकार्य गरि प्रेषण संयन्त्र तयार पार्न, सिमामा रहेको परिक्षण केन्द्रमा जनशक्ति उपलब्ध गराई परिक्षणमा सहकार्य गर्न सुझाव दिएका थिए ।