काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि २५ अर्ब रुपैयाँसम्मको बजेट ल्याउने तयारी गरेको छ। मेयर बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको राजश्व परामर्श समितिको बैठकले आगामी वर्षको बजेट सीमा निर्धारण गर्दै, विकास निर्माणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो।

बैठकमा मेयर शाहले जनचाहनाअनुसार काम गर्ने गरी पूर्वाधार विकासमा थप बजेट सुनिश्चित गर्न निर्देशन दिए। चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष पूर्वाधार क्षेत्रमा थप लगानी गरिने समितिको निर्णय छ।
यसै बैठकपछि आजै बस्ने ४०औँ नगरकार्यपालिका बैठकले बजेट प्रस्तुत गर्ने मिति तय गर्ने बताइएको छ। नगरवासीको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै महानगरले बजेट संरचना बनाउने संकेत दिएको छ।












