ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

औचित्यको कसीमा जनसङ्ख्या नीति 

२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

आज विश्व जनसङ्ख्या दिवस । यही दिवसको पूर्व सन्ध्यामा सरकारले राष्ट्रिय जनसङ्ख्या नीति २०८२ पारित गरेको छ । जस अनुसार हरेक नेपाली परिवारलाई कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने छ । नेपालको जनसङ्ख्या ऋणात्मक हुँदै गएको अवस्थामा जनसङ्ख्या नीतिमा पुनरावलोकन जरुरी थियो । ढिलै भए पनि सरकारले जनसङ्ख्या नीति ल्याएको छ । यसले अव हरेक दम्पत्तिलाई दुई सन्तान जन्माउन प्रेरित गर्ने मात्र होइन, प्रोत्साहनको खाँचो पनि छ । दुई सन्तान जन्माउने दम्पत्तिलाई सरकारले सरकारी सेवामा सहुलियत दिनु समयको माग हो । किनभने यसअघि जनसङ्ख्या वृद्धि मुलुकका लागि अभिशाप भन्ने गरिएको थियो तर समयले त्यो कुरा अहिले अस्वीकार गरेको छ ।

अब जनसङ्ख्या सन्तुलनमा राख्ने हो भने दुई सन्तान इश्वरका बरदान भनेजस्तै दुई सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा अवको ध्यान जानु जरुरी छ । सन. १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या ५ अर्ब पुगेको अवसरमा आयोजना भएको पपुलेशन समिटले हरेक बर्षको जुलाई ११ लाई विश्व जनसङ्ख्या दिवस मनाउने घोषणा गरेपछि हरेक बर्ष यो दिवस मनाउने औपचारिकता सुरू भएको हो । आज विश्व जनसङ्ख्या दिवस मनाईरहँदा विश्वका लागि जनसङ्ख्या वृद्धि मूख्य चुनौति बनेको देखिएको छ । यद्यपि कुनै देशमा भने जनसङ्ख्या बृद्धिको ऋणात्मक संकुचन अर्को चुनौति बन्दै गएको छ । जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विवाद हुने अवस्था पनि छ । किनभने कहीँ जनसङ्ख्या वृद्धि चुनौति भैरहेको छ भने कहीँ अवसरका रूपमा समेत हेर्ने गरिएको छ । जेहोस नेपालले जनसङ्ख्या नीति नै पारित गरि आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गरेको छ ।

अहिले विश्वका विकसित भन्दा अविकसित मुलुकहरूमा घट्दो जनसंख्याका कारण समस्या उत्पन्न भैरहेको छ । सन्तुलित जनसङ्ख्या बिना कुनैपनि देशको सुरक्षा, विकास र दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न । नेपालकै जनसंख्याको कुरा गर्ने हो भने नेपालको जनसङ्ख्या ३ करोड पुगेको छ । जसमध्ये पुरुषको तुलनामा महिलाको जनसङ्ख्या धेरै रहेको छ । पछिल्लो दसकमा नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । यो जनसङ्ख्या बृद्धिदर चुनौतिको बिषय बन्ने अवस्था आएको छ । जनसङ्ख्या बृद्धिको अनुपात नियन्त्रणमै राख्नुपर्छ भन्ने जनसांख्यिक मान्यता रहेकोले अवको दिनमा जनसङ्ख्या वृद्धि र नियन्त्रणबीच सन्तुलन कायम राख्नु जरुरी छ । पछिल्लोसमय विश्वका बढी जनसङ्ख्या भएका चीन, भारत र रुसले जनसङ्ख्या वृद्धि नियन्त्रणका भिन्न शैली अपनाईरहेका छन् । जनसङ्ख्या बृद्धिको मूख्य चुनौति वातावरण क्षेत्रमा परेको देखिएको छ र आगामी दिनमा पनि यही अवस्था उत्पन्न हुने देखिएको छ । निश्चित रूपमा विश्व जनसङ्ख्या बृद्धिको मारमा थिचिएको छ ।

जनसङ्ख्या बृद्धिले पु¥याउने असरका विषयमा अहिलेदेखि नै सचेत हुन सकिएन भने त्यसले आगामी भविष्यमा निम्त्याउने समस्याको अन्दाज गर्न सकिँदैन । त्यसकारण विश्वले जसरी जुलाई ११ लाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउने गर्दछ । त्यो दिवसलाई सार्थक वनाउन जनसङ्ख्या नियन्त्रण र सन्तुलनका बीचमा गंभीर हुनु जरूरी छ । नेपालको कूल जनसंख्याको २७ प्रतिशत सहरमा बस्छन । जनसङ्ख्या बृद्धिको मूख्य कारण बसाईसराईलाई पनि मानिएको अवस्थामा नेपालले बबसाईसराईको चाप कम गर्नेतर्फ ध्यान पु¥याउनु जरुरी छ । नेपालमा १८ बर्षको उमेरमै धेरै महिला गर्भवती हुने र सन्तान कुपोषित जन्माउने समस्या देखिएको छ । त्यसले बाल मृत्युदर बढाउने चुनौति रहेकोले सरकारले जनसङ्ख्या नीतिमार्फत यो समस्या सम्बोधनमा पनि ध्यान पु¥याउनु आवश्यक छ । जेहोस विश्व जनसङ्ख्या दिवस मनाईरहँदा नेपालले लिएको जनसङ्ख्या नीतिको उद्देश्य र औचित्यका बिषयमा गाउँदेखि सहरसम्म एकपटकका लागि भए पनि जानकारीमूलक अभियान सञ्चालन गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?