© 2026
बाँके, २७ असार ।
वाटर पार्कमा सञ्चालनमा आएको मोटर बोट (बोटिङ) विवादमा तानिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र १८ मा रहेको वाटर पार्कमा बोटिङ सञ्चालनमा २ करोड रकम ठगी भएको आरोपमा विवाद भएको हो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २६ बस्ने बोटे बोरा प्रालीका सञ्चालक विष्णु बहादुर ढकाल र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ बस्ने रम्मी गिरीको २०८०/०८/२० गते ५०/५० प्रतिशत शेयर लगानीमा सञ्चालन गर्ने सम्झौता भएको थियो । तर बोटे बोरा प्रालिका सञ्चालक विष्णु ढकालले करिब १५ महिनाको हिसाब नदेखाएर लगानी गरेको रकम २ करोड समेत ठगी गरेको रम्मी गिरीले दाबी गरेकी छिन् । बोटिङ खरिद गरेर सञ्चालन गर्नका लागि ११ सिटर बोट खरिदको लागि ४३ लाख रूपैँया लगानी गरेका थिए तर बोटे बोरा प्रालीका सञ्चालक विष्णु बहादुर ढकालले नयाँ बोट खरिद नगरी भाडामा ल्याएर सुरुमै त्यो रकम ठगी गरेका थिए ।
उनले भाडामा ल्याएको बोट खरिद गरेर ल्याए तर बोटको साहु भाडा लिन आएको बेला भाडा खरिद नगरी भाडामा ल्याएको जानकारी भएको ५० प्रतिशत लगानी गरेकी रस्मी गिरेले जानकारी गराइन् । त्यो सँगै ६ महिना भाडा सहित व्यवस्थापन खर्च २५ लाख, माछा पालन तथा अन्य खर्च १५ लाख, काउन्टर सेड तयार गर्न लाख ५० हजार, बजार व्यवस्थापन २ लाख ५० हजार, कफि सप–पानी माथिको संरचना तयार गर्न १० लाख र अन्य व्यवस्थापन १० लाख गरी एक करोड ८ लाख लगानी रस्मी गिरीले एकलैले लगानी गरेका थिए । तर सम्झौतामा पहिलो पक्ष भनिएको ५० प्रतिशत लगानी गर्ने भनिएका बोटे बोरा प्रालीका सञ्चालक ढकालले कुनै पनि लगानी नगरी झुकाएर सबै रस्मी गिरी मार्फत नै लगानी गराएको पुष्टी भएको देखिन्छ ।
बोटे बोरा प्रालीका सञ्चालकले रस्मी गिरी सँग पहिलो चरणमा ५८ लाख लिए जसमा २२ लाख मात्र खर्च भएको देखाए अरू पैसा खर्च कहाँ भयो भनेर सोधपुछ गर्दा एके ठाँउमा बसेर हिसाब फर्छैट गरौँ भन्दा अलटाल गरेको १५ महिना सम्म कुनै हिसाब देखाएका छैनन् । उनले नेपालगन्जको पुष्पलाल चोकमा रहेको ग्लोबल आईएमई बैंकमा रहेको खाता नम्बर ०६२०१०१०००९२७० खाताबाट १४ लाख २२ हजार ७ सय १८ रूपैँया शाखा प्रबन्धकको मिलेमटोमा एकल हस्ताक्षर गरेर निकालेर त्यो खाता समेत बन्द गरिसकेको छन् । तर उनले आफू मात्र एकल सञ्चालन भएको बोटे बोरा प्रालीका सञ्चालक बिष्णु बहादुर ढकालले बताए । उनले उल्टै आफूलाई फसाउन खोजेको अभिव्यक्ति समेत दिए । तर लिखित हेर्दा उनको बोलीको कुनै सत्यता देखिँदैन ।
रस्मी गिरीले मिटर व्याजमा ८३ लाख रूपैँया लिएर लगानी गरेका थिए तर बोटे बोरा प्रालीका सञ्चालक ढकालले हिसाब नदिएपछि उनेले नेपालगन्जमा रहेको घर बिक्री गरेर साहुलाई पैसा तिरेका छन् । उनले वाटर पार्कको बोटिङमा लगानी गरेर बिचल्ली भएको छ । उसले आफू १२ लाख किस्ता, निर्माण खर्च २ लाख र ५ लाख बैंक ग्यारेन्टी गरेको दाबी गरेका छन् तर त्यस्तो रहेको बैंकमा कतै देखिएको छैन । तर बोटे बोरा प्रालीका सञ्चालकले एकल रूपमा सम्झौता गरेर सञ्चालनमा ल्याएको जानकारी गराए ।
यो अवस्थामा रहेको देख्दा, निकै चर्चामा आएको र सबैले रमाउने ठाँउमा मानिएको वाटर पार्कको बाटिङ बन्द हुने अवस्था देखिन्छ । उनीहरूले बोटिङ गराएर मानिसक ३ लाख संकलन गरिरहेका छन् । एक बर्ष सम्म सेयर लगानीहरूले एक बर्ष राम्रो गरे पनि बाटे बोरा प्रालीका संचालकको नियत खराब भएको कारणले गर्दा विवाद भएको देखिन्छ । संचालकहरूको विवाद देख्दा वाटरपार्कमा केही दिनमै मोटरवोट बन्द हुन सक्ने अवस्था आउन सक्छ । उनीहरूले नेपालगन्ज उपमहानगरपालिकाबाट बर्षिक २४ लाखमा १० बर्षको लागि सम्झौता गरेर सञ्चालन गरेका छन् ।