ट्रेंडिंग:

>> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो

‘माछा जोन’ को परिचय दिँदै विजयनगर

२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार
चन्द्रौटा, २७ असार ।
“विगत ५ वर्षदेखि माछा पालन गर्दै आएको छु । आफ्नो निजी जग्गामा मात्रै परम्परागत माछा पालन गर्दै आएको थिएँ । अहिले स्थानीय ४६ कट्ठा लिजमा लिई व्यावसायिक माछा पालन गरेका छौँ ।”- विजयनगर गाउँपालिका ७ का कृषक रामनान्द चौधरीले भने । यो व्यवसायमा राम्रो आम्दानी रहेको भए पनि नजिकै रहेको खुल्ला सिमानाकाका कारण कहिलेकाहीँ घाटा हुने गरेको चौधरीको भनाई छ ।“हामीले सोचेका थिएनौँ पानीमै यति धेरै सम्भावना हुन्छ”- उनले भने । केही वर्षअघि आफ्नै खेतको कुनामा माछा पालन सुरु गरेका चौधरी अहिले दर्जनौँ कट्ठा जग्गा लिजमा लिई व्यावसायिक माछा पालनमा जुटिरहेका छन् ।
उनले थपे: “कमाइ राम्रो छ, तर सिमाना खुला भएको कारण चोरीको डर सधैँ हुन्छ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उनले गत आर्थिक वर्ष १० लाख अनुदान पाएका थिए । कपिलवस्तुको विजयनगर अब “माछा जोन” का रूपमा चिनिन थालेको छ । स्थानीय ताल तलैया र माटोलाई आधुनिक सोचसँग जोडेर रोजगारी र आत्मनिर्भर तर्फ अघि बढेको छ । गाउँपालिकामा रहेको ताल तलैया, पोखरीलाई व्यवस्थित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आर्थिक वर्ष २०८१/०८२ मा लाखौँ रुपैयाँ विनियोजन गरी प्रक्रिया अघि बढाइएको छ । यस्तै अर्का वडा नम्बर ६ का जुरपनीयाका शिवकुमार चाईले आत्मनिर्भर हुनका लागि माछा पालनको सुरुवात गरेको बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १ लाख ५० हजार अनुदान प्राप्त गरी करिब ४ लाख ५० हजार बढीको लगानीमा निजी जग्गामा पोखरी खनाई सुरुवात गरेको उनले बताए । चाई पनि माछा पालनमै आफ्नो भविष्य देखिरहेका छन् । “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १ लाख ५० हजार अनुदान पाएको उनी बताउँछन् । झन्डै पाँच लाखको लगानीमा पोखरी खनेर यो कामले गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास दिएको छ ।गाउँपालिकाका अनुसार, भौगोलिक हिसाबले विजयनगरमा रहेका ८४ वटा सरकारी र ३६ वटा निजी गरी १ सय २० वटा ताल तलैया र पोखरीहरूलाई व्यवस्थित गरेर माछा पालनका लागि प्रभावकारी बनाइँदै छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २०८१/०८२ आर्थिक वर्षदेखि हालसम्म करिब लाखौँ रुपैयाँ बजेट छुट्टाइएको छ । गाउँपालिका पशु शाखा प्रमुख प्रहलाद ठाकुरले जोन बनेर गाउँपालिका नै आत्मनिर्भर हुने बताए ।स्थानीय स्रोत साधनको सदुपयोग गरी नागरिकलाई रोजगारीसँगै आम्दानीको पाटोसँग जोड्ने उनले बताए । शाखा प्रमुख ठाकुरले भने ः “यो केवल माछा पालनको कार्यक्रम होइन, यो समृद्ध गाउँ बनाउने अभियान हो । स्थानीय स्रोतको सदुपयोग गरेर गाउँमै आम्दानी र रोजगारी सिर्जना गर्नु हो ।”प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट लगानी गरी कार्यक्रम सञ्चालन भइरहेको छ ।
युवाहरूमा उत्साह 
विजयनगरका धेरै युवाहरू विगतमा रोजगारीका लागि खाडी, मलेसिया, भारतसम्म गएका थिए । अब गाउँमै स्वरोजगारको सम्भावना देख्न थालेका छन् । वडा नम्बर ४ का एक युवाले “अहिले म काठमाडौँमा होटलमा काम गर्छु, तर बुवाले पोखरी खनेर सुरु गर्नुभएको काम देखेर म पनि घर फर्किने साँचेमा छु ।” योजनाको सफल कार्यान्वयनका लागि उपयुक्त प्राविधिक सहयोग, तालको संरक्षण, अनुदानको पारदर्शिता र बजारको पहुँच आवश्यक छ । स्थानीय तहकाले तिनै पक्षलाई व्यवस्थित गर्न प्रारम्भिक योजना बनाइसकेको गाउँपालिकाले जनाएको छ ।
सपना बेच्न होइन, सम्भावना पनि
यता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले परम्परागत ताल तलैयालाई विकास गरी विकास गरी व्यावसायिक बनाउने हेतुले माछा जोन बनाउने कार्यक्रम लागु गरिएको बताए । “परम्परागत ताल तलैयालाई सम्हालेर व्यवस्थित बनाउँदा गाउँ नै आर्थिक रूपमा सक्षम बन्न सक्छ । योजनाले केवल ताल सफा गर्ने होइन, प्रशिक्षण, बजार सञ्जाल, बीउ, प्रविधि र अनुगमन पनि समेट्छ ।” – अध्यक्ष थापाले भने । उनले थपे – “हामी सपना बेचेका छैनौं, संरचना बनाउँदै सम्भावना देखाइरहेका छौं । तालले अब माछा मात्र होइन, स्थानीय नागरिकको भविष्य पनि जन्माउँछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?