ट्रेंडिंग:

>> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा

हिन्दु धर्म संस्कारमा गुरु पूर्णिमाको महत्त्व

२६ असार २०८२, बिहीबार
२६ असार २०८२, बिहीबार

‘गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः

(गुरु नै ब्रह्मा हुन, गुरु नै विष्णु हुन । अनि गुरु भनेकै भगवान शंकर हुन, गुरु नै हुन साक्षात परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।) नेपाली पात्रो अनुसार आषाढ शुक्ल पूर्णिमालाई गुरु पूर्णिमाको रूपमा मानिन्छ । गुरु एक संस्कृत शब्द हो जसमा गु को अर्थ अन्धकार हो र रु को अर्थ अन्धकारलाई चिर्ने उज्यालो हो । त्यसैले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नाश गरेर ज्ञानको ज्योति छर्ने महान व्यक्ति नै गुरु हुन ।

नेपाली संस्कृतिमा गुरुको स्थान उच्च मानिन्छ । हिन्दु संस्कृतिमा वेदको रचयिता कृष्ण द्वैपायनव्यास जन्मेको आषाढ शुक्ल पूर्णिमाको दिनमा गुरुहरूको सम्झना र पूजा गरेर गुरु पूर्णिमा मनाइँदै आएको बिश्वास गरिन्छ । गुरुलाई देवता र पिता समान सम्मान दिने हिन्दु संस्कार र संस्कृति जगजाहेर छ । पौराणिक कालदेखि नै गुरु अर्थात शिक्षकको महिमा अतुलनीय रहंदै आएको कुरा प्रष्ट छ । हामी जुनसुकै दर्शन, धर्म सम्प्रदाय वा मूल्य मान्यतामा विश्वास राख्ने भएपनि ज्ञान र सीप ग्रहण गर्न गुरु र गुरुतत्वको महत्व हुन्छ । यो ब्रह्माण्डमा सायद ज्ञानमात्रै यस्तो वस्तु हो, जसलाई जति बाँड्यो त्यति नै बढ्छ । साना नानी बाबुहरूको हातमा कलम समाएर क ख रा सिकाउने र पढाउने गुरुआमा गुरुबाहरूले दिनुभएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना पाएका हौं ।

अधिकांश समस्या र दुविधाहरूको निरोध नै असल गुरुको प्राप्ति र छनोटमा भर पर्छ । तर, अहिलेको युगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गर्न अति नै गाह्रो काम भएको छ । वास्तवमा शिक्षकले गर्ने शिक्षण पेशा सेवामुलक पेशा हो ।त र बिडम्बना अहिलेको व्यापारिक युगमा गुरु शिष्यको सम्बन्ध आर्थिक लेनदेनमा सीमित हुन पुगेको छ । यद्यपि यो हाम्रो सनातनीय वैदिक शिक्षा प्रणालीले अंगीकार गरेको होइन । समय यति धेरै परिवर्तन भयो कि यहाँ गुरुहरूले ज्ञान अर्थात् शिक्षा बेच्नुपर्ने र चेलाले शिक्षा किन्नुपर्ने बाध्यता छ । शिक्षा व्यवसायमा रूपान्तरण भएको छ । सायद यसकै कारण होला अहिले गुरु शिष्यबीचको दुरी बढ्दै गएको आभाष हुन्छ ।

विद्वानहरूले शिक्षार्थी अर्थात् विद्यार्थीलाई बिरुवा, शिक्षकलाई माली, विद्यालयलाई बगैंचाका रूपमा उपमा दिएका छन् । एक प्रकृतिवादी शिक्षाशास्त्रीले बालक स्वतन्त्र जन्मिन्छ र उसलाई स्वतन्त्र रूपमा सिक्न दिनुपर्छ भनेका थिए । शिक्षकले पथ प्रदर्शकको रूपमा कार्य गर्नुपर्छ । भौतिक साधन र शैक्षिक सामग्रीको प्रचुरता मात्रले पनि शिक्षण सिकाइमा उल्लेखनीय परिर्वतन ल्याउन सकिँदैन । जबसम्म ती साधनहरूको समुचित प्रयोग गर्ने व्यक्तिमा सक्षमता हुँदैन । यसै सन्दर्भमा छिमेकी राष्ट्र भारतका पूर्व राष्ट्रपति सर्वपल्ली राधाकृष्णले भनेका छन्– ‘देशको उत्तम मन र मस्तिष्क भएका व्यक्तिहरूलाई मात्र शिक्षक बनाउनुपर्छ ।’ भारतकै पूर्व राष्ट्रपति एपीजे अब्दुलकलामका शब्दमा– ‘शिक्षकहरू राष्ट्रका मेरुदण्ड हुन् ।’ अर्थात् योग्य र श्रेष्ठ शिक्षकहरूद्वारा नै विकसित राष्ट्रको निर्माण हुन सक्छ ।

शिक्षकको बारेमा कहिएका यी शब्दहरूबाट जो कोहीले पनि शिक्षक को हो र यसले के गर्छ भन्ने कुरा सजिलै बुझ्नसक्छ । शिक्षकको बारेमा यो भन्दा बढी व्याख्या गर्नुपर्दैन । यदि देशले साँच्चिकै शिक्षकलाई सकारात्मक रूपमा उत्प्रेरित गराई उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गरिदिने हो भने विकसित राष्ट्रको निर्माण गर्ने सपना साकार हुने देखिन्छ । यसरी समाज तथा राष्ट्रको समग्र विकासमै अग्रणी भूमिका निर्वाह गर्ने शिक्षकको नेपाली समाजमा दर्जा नै छैन भन्दा अत्युक्ति नहोला । वास्तवमा शिक्षक को हो ? उसले के गर्छ ? कसरी शिक्षक बन्न सकिन्छ ? किन शिक्षकले गर्ने शिक्षण पेशालाई सबैभन्दा चुनौतिपूर्ण पेशा भनिन्छ ? भन्ने यथार्थ सबै मानिसहरूले नबुझ्न पनि सक्छन् तर यहाँ बुझेकोले पनि तदनुसार ब्यवहार गर्दैनन् भन्दा त्यति फरक नपर्ला ।

यति भन्दै गर्दा सत्य कुरा के हो भने जसले शिक्षक र शिक्षण पेशालाई उत्कृष्ट पेशा मानी राम्रोसंग बुझेको छ, उसले अन्तरमनदेखि नै शिक्षकलाई सम्झन्छ र सम्मान पनि गर्दछ । मानिस जन्मेपछि विद्यालय नजाँदासम्म शिक्षकको भूमिका बाबु आमाले निर्वाह गर्दछन् भने विद्यालय गइसकेपछि उनीहरूलाई दीक्षित गर्ने कार्य शिक्षकको हुन्छ । बच्चालाई अनुशासित बनाउने , सांस्कारिक बनाउने, सुमार्गमा डोराउने, भविष्यको लक्ष्य निर्धारण गर्न सहयोग गर्ने, असल तथा सफल मानिस बन्न प्रेरित गर्ने जस्ता यावत् कुरामा शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ । गुरुबिना मानिसको जीवन अन्धकार हुन्छ । अन्धकारमा उज्यालो छर्दै प्रत्येक व्यक्तिलाई दीक्षित गरी जीवनको लक्ष्य हासिल गर्न सत्मार्गतिर डोराउने व्यक्ति गुरु हुन् । शिक्षक हुन् । शिक्षक त्यस्ता ब्यक्ति हुन् जो आफु जलेर भएपनि समाजमा ज्ञानको ज्योति फैलाउँछन् । त्यसैले त्यस्ता आदरणीय, सम्माननीय तथा पुज्यनीय महान् व्यक्ति शिक्षकलाई सच्चा मनले नमन गर्नुपर्दछ ।

शिक्षकले नै मानिसलाई ज्ञानको ज्योति प्रदान गर्नुका साथै असल मार्ग बताइदिन्छ । त्यसैले शिक्षकलाई व्यक्तिको पथ पर्दशक पनि भनिन्छ । आफ्नो लक्ष्य हासिल गर्न सफल मानिस वा असफल मानिस, यी दुबैले शिक्षकलाई नै सम्झिन्छन् । सफल मानिसले शिक्षकको राम्रो शिक्षण, मार्गदर्शन, निर्देशन तथा उत्प्रेरणाको कारणबाट आफू सफल भएकोले शिक्षकलाई बारम्बार सम्झन्छन् । सम्मान गर्दछन् । असफल वा जीवनमा आफ्नो लक्ष्य प्राप्त गर्न नसकेको मानिसले पनि शिक्षकको शिक्षण, मार्गदर्शन, निर्देशन तथा उत्प्रेरणालाई आत्मसाथ गर्न नसकेर आफु असफल भएकोले शिक्षकलाई बारम्बार सम्झिने गर्दछन् । यस्ता मानिसहरू शिक्षकको त्यतिबेलाको मार्गदर्शन जुन अत्यन्तै महत्वपूर्ण थियो, त्यसलाई सम्झेर धेरै पछुताउनुको साथै दुखित हुन्छन् ।

आफ्नो लक्ष्य हासिल गर्न सकेका मानिस सुखी हुन्छन भने लक्ष्य हासिल गर्न नसकेका मानिस दुःखी हुन्छन् । समाजका सुखी तथा दुःखी दुवै तप्काका मानिसले शिक्षकलाई बारम्बार सम्झन्छन् । हामीलाई थाहै छ शिक्षकले विद्यार्थीलाई पढाउने तथा सिकाउने गर्दछन् । विद्यार्थीलाई सक्षम बनाउन अहोरात्र खटिरहन्छन् । त्यसैले शिक्षकले अँगाल्ने शिक्षण पेशा अत्यन्तै मर्यादित पेशा हो । यो पेशा यस्तो पेशा हो यसले सबै पेशालाई जन्माउँछ । त्यसैले शिक्षण पेशालाई अरू सम्पूर्ण पेशाहरूको स्रोत भन्दा फरक नपार्ला । तर, हाम्रो समाजमा यो पेशालाई राम्रो पेशा नमान्ने चलन छ । छोराछोरीको भबिष्य बनाउने शिक्षक हो भन्ने जान्दा जान्दै पनि अभिभावकहरू आफ्ना छोराछोरीलाई समाजको पथप्रदर्शक शिक्षक बनाउन चाहदैनन् । अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता विकसित देशहरूमा शिक्षकलाई सबैभन्दा माथिल्लो दर्जा दिइन्छ । किनकी ती राष्ट्रले शिक्षकको भूमिकालाई राम्रोसंग बुझेका छन् । तर बिडम्बनाा शिक्षकको सम्मान गर्ने हेतुले गुरूपुर्णिमा मनाउने हाम्रो देश नेपालमा शिक्षण पेशालाई भने राम्रो नजरले हेरिदैन ।

खासगरी मनन् गर्नुपर्ने कुरा के हो भने ज्ञानको ज्योति छर्दै प्रत्येक व्यक्तिलाई सफलताको सिंढी चढाउँदै समाज निर्माण तथा विकासमा सक्षम एबम् काबिल व्यक्ति बनाउने महान कार्य शिक्षकले नै गरिरहेका छन् र गर्नेछन् । यो कुरा बादल फाटेपछि देखिने दिउँसोको घाम जस्तै छर्लङ्ग छ । यस्तो तथ्य जान्दाजान्दै पनि किन हाम्रो समाजमा शिक्षकले अबलम्बन गर्ने पबित्र शिक्षण पेशालाई उपेक्षा गरिन्छ ? किन शिक्षण पेशालाई उत्कृष्ट पेशामा दर्ज गर्नुपर्दछ भन्ने कुरा राज्यको सम्बन्धित निकायबाट उठान गरिदैंन ? किन नीति निर्माणकर्ताहरू पबित्र पेशामा लागेका शिक्षकहरूलाई उचित सेवा सुबिधा दिदैँ शिक्षण पेशालाई एक सम्मानित पेशा बनाउने गरी नीति नियम बनाउन हिम्मत गर्दैनन् ?

शिक्षालाई व्यावसायीकरण गर्ने वातावरण राज्यले सिर्जना गरेको होइन ? के यो उचित छ ? यहाँ उठान गरिएका बिषयबस्तु नाजायज हुन् ? पक्कै पनि होइनन् । यी सबै जायज मागहरू हुन् । त्यसैले सरकारले यहाँ उठेका यी महत्वपूर्ण बिषयबस्तुलाई हृदयंगम गरी राष्ट्रका मेरुदण्डको रूपमा हेरिने शिक्षकले अंगाल्ने शिक्षण पेशालाई उत्कृष्ट पेशामा समाबेश गर्दै शिक्षकहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातारण सिर्जना गर्नुपर्दछ । यसो गरियो भने मात्र हाम्रो समाजमा गुरुहरू, शिक्षकहरू सम्मानित हुनेछन् र गुरुहरूको सम्मानमा मनाइने गुरु पूर्णिमाले सार्थकता पाउनेछ । अन्यथा गुरूपूर्णिमा फगत एउटा तिथिमा मात्र समेटिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?