ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस
१८ औं विश्वविद्यालय दिवस

सामूहिक रक्तदानमा ५० युनिट रगत संकलन

१३ मंसिर २०७९, मंगलवार
१३ मंसिर २०७९, मंगलवार

बुटवल, १३ मंसिर ।

बुटवलको नयाँगाउमा सामूहिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी विश्वविद्यालयको १८ औ वार्षिकोत्सबको अवसरमा सिटि कलेजको आयोजना तथा मानव कल्याण मित्र मञ्च नेपाल, नयाँगाउँ मावि, पतन्जली योग समिति, युवा नेपाल समिति रुपन्देहीको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा मंगलबार रक्तदान कार्यक्रम गरिएको हो ।

लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रार तिलकराम आचार्य, विश्वविद्यालयका प्राचार्य फणिन्द्र न्यौपानेले एक कार्यक्रमका बीच सिटि क्याम्पस बुटवल परिसरमा भएको कार्यक्रमको रक्तसञ्चार केन्द्रका प्राविधिक केशरसिह गाहालाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ गरे । कार्यक्रममा विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले विद्यार्थीहरुलाई शैक्षिकसंगै अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्वमा सहभागिता जनाउने रुपमा कार्यक्रम गरिएको बताए । विश्वविद्यालयको स्थापना दिवसलाई विविध रचनात्मक कार्यक्रम गरी मनाउने परम्पराको थालनी आफुहरुले गरेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राचार्य फणिन्द्र न्यौपानेले बुद्ध दर्शनमा पनि रक्तदानको महत्वबारे प्रकाश पारिएको दाबी गर्दै अहिंसा, शान्ति र मानव सेवाको राम्रो ब्याख्या उनले गरे ।

कार्यक्रममा नयाँगाउँ माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराई, लुम्बिनी वौद्ध विश्वविद्यालयका प्राचार्य फणिन्द्र न्यौपाने, रजिस्टार तिलक राम आचार्य, नयाँगाउँ माविका पुरुषोत्तम बश्याल, मानव कल्याण मित्र मंन्च नेपाल रुपन्देहीका अध्यक्ष दुर्गाप्रसाद अर्याल, युवा नेपाल समिति रुपन्देहीका हरिशरण पाण्डेले समाज रुपान्तरमा सामुहिक भावनाको विकास गर्न जरुरी रहेको बताए ।

कार्यक्रमका संयोजक लक्ष्मण पोखरेलले ५० युनिट रगत संकलन भएको बताए । विश्वविद्यालयमा स्नातक तहमा पाँच वर्षे कानुन र चार वर्षे ट्राभल एण्ड टुरिजम विषय अध्यापन गराईन्छ । विश्वविद्यालयमा ५ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?