ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

विदेश पलायन रोक्ने पहल खोइ ? 

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

चालू आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा करिब सात लाख नेपालीले देश छोडेका छन् । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने उत्कट अभिलाषामा सयौँ युवाहरूको ताँती हुन्छ । नेपालमा कुनै सम्भावनै छैन भन्ने युवाहरूको पकड बढ्दै छ । स्वदेशमा रोजगारी खोज्नुभन्दा विदेश जान सहज ठान्ने प्रवृत्ति बढ्दो छ । यो त्यत्तिकै भएको होइन । नेपालका नेता, कर्मचारी संयन्त्र सबै यसका दोषी छन् । एउटा सामान्य कृषक कृषि विकास बैङ्कमा नेपालमै केही गर्छु, लगानी गर्नुप¥यो भन्दा उसको कुनै सुनुवाइ हुँदैन । यो एउटा उदाहरण मात्रै हो । सरकारी बैङ्कमा सस्तो ऋणमा केही गर्ने आशा पालेकाहरू सुरुमै निराश हुनुपर्ने बाध्यता छ ।

सस्तो ऋणमा सामान्य नागरिकले होइन, सम्भ्रान्त वर्गको पहुँच बढेको छ । अनि सामान्य नेपालीको नेपालमा बस्ने वातावरण नै बन्दैन । नेपालीले देश छोड्नुको अरू धेरै कारण छन् । नेपालमा रोजगारीको अवसर गुम्दै गएको छ । त्यसो त नेपालमा माओवादीको सशस्त्र युद्ध चर्किएसँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ यता वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आकाश छुने तरीकारले बढेको हो । गत वर्ष करिब ६ लाख बढीले श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष एक लाखभन्दा धेरैले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन् ।

नेपालमा कामको सम्मान नहुँदा पनि युवाहरू कामको खोजीमा बिदेसिने क्रम बढेको भन्दा अत्युक्ति हुँदैन । वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुकहरू गइरहेका छन् । पछिल्लो समय युरोप जानेको सङ्ख्या पनि बढ्दो छ । नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्छन् तर आन्तरिक श्रम बजारमा सबैले रोजगारी पाउने अवस्था छैन । जसको असर वैदेशिक रोजगारीमा दबाब परेको छ । पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सार्नु जरुरी छ ।

नेपालमा रोजगारी र अवसर नभएकै कारण युवा शक्ति कि विदेश कि विकल्पमा लागूपदार्थको दुर्व्यसनमा फस्दै गएको देखिएको छ । जसको कारण देशमा काम गरेर पनि खाने वातावरण बन्न सकेको अवस्था छैन । कयौँ युवा कामको अभावमा कुलतमा परेका छन् । नेपालको पछिल्लो अवस्थाले नेपालमा रोजगारी होइन, विदेश जान प्रोत्साहन दिएको देखिन्छ । ढिलो भैसकेको छ अव नेपाली युवालाई रोजगारीसँग जोड्नु जरुरी छ । वार्षिक ५ लाख बढी रोजगारी सिर्जना हुन सक्यो भने मात्र नेपालमै युवाहरूले अवसर पाउनेछन् । अतः विदेश पलायन रोक्न नेपालमै अवसरको खोजी गर्नु जरुरी छ ।

एकातिर सरकारले नेपालमै रोजगारीको अवसरमा जोडिन आग्रह गरिरहेको छ । उता सरकारले नै युरोपमा श्रम तथा रोजगारको लागि नयाँ गन्तव्यहरूको खोजी गरी नेपालीहरूलाई त्यसतर्फ पठाउने तयारी गरेको छ । पुराना श्रम गन्तव्यका साथै नयाँ श्रम गन्तव्यको खोजीमा सरकार लागिरहेको छ । युवालाई स्वदेशमा रोजगारीको अवसर खोज्न आग्रह गरिरहँदा बेरोजगार युवालाई श्रममा जोडन सरकारले किन ढिलाइ गरिरहेको छ ? बुझ्न सकिएको छैन ।

खास गरी युवालाई श्रमसँग जोड्न सके मात्र देश विकास हुन्छ भन्ने आम मान्यता छ तर त्यो मान्यता स्थापित गर्न गरिनुपर्ने कामको विषयमा भने सम्बन्धित निकाय बेखबर हुने गरेको छ । वैदेशिक रोजगारीका लागि अहिले भइरहेको युवा पलायन रोक्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । तर, सरकारका लागि वैदेशिक रोजगारीको पलायन रोक्ने कुरा त्यति सहज छैन । पहिले युवालाई यहीँ नेपालमै रोजगारीको अवसर दिएपछि मात्रै वैदेशिक रोजगारी नियन्त्रण हुन सक्छ । त्यसका लागि नेपालको आर्थिक अवस्था सुदृढ हुनु जरुरी छ । विदेश पलायन रोक्ने हो भने पूर्व तयारीको पहल जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?