ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रेबिज विरुद्धको भ्याक्सिन: सरकारीमा छैन, निजीमा लुट !

२४ असार २०८२, मंगलवार
२४ असार २०८२, मंगलवार

बाँके, २४ असार । 

६ महिना देखि नेपालगन्जका भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा बिरामीहरू निजी क्लिनिकबाट किनेर लगाउन बाध्य भएका छन् । अस्पतालमा रेबिज विरुद्ध खोप लगाउन खटिएका चिकित्सकले भ्याक्सिन सकिएकोले बहिराबाट ल्याए मात्र भ्याक्सिन लाग्ने सल्लाह दिएपछि बिरामीहरू निजी क्लिनिकबाट महँगो शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएका हुन ।

अस्पतालमा भ्याक्सिन निःशुल्क उपलब्ध हुने भ्याक्सिन नभएपछि बिरामीहरू बहिराको क्लिनिकबाट ७ सय ८५ रुपैयाँ  महँगो शुल्क तिरेर अस्पतालमा ५० रुपैयाँको पर्चा कटाएर करिब ३ घण्टाको लाइनमा बसेर भ्याक्सिन लगाउँदै गरेको खजुरा गाउँपालिका वडा नम्बर ५ का राजाराम गोडियाले बताए । उनले भने–‘ हामी जनता निःशुल्क मिल्छ भनेर आउने तर अस्पतालमा आउँदा ६ महिना देखि भ्याक्सिन सकिएको बताउँछन् र बहिराको क्लिनिकमा गएर ५० रुपैयाँ तिरेर पर्चा काट्न लगाएर भ्याक्सिन लगाउन भन्छन् ।

अस्पतालमा पहिलो दिन प्रति भ्याक्सिन ७ सय ८५ रुपैयाँ तिरेर ३ ओटा भ्याक्सिन पहिलो दिनको लगाए यो भ्याक्सिन ७ ओटा लगाउनु पर्छ त्यो सम्म आउँदा बर्खा लगाउन पैसा समेत यसैमा खर्च हुने बिरामी गोडियाले बताए । भेरी अस्पतालको १८ नम्बर वार्डमा दैनिक करिब सय बढी रेबिज विरुद्धको भ्याक्सिन लगाउने बिरामीको भिड रहेको पाइन्छ तर सबै बिरामीहरूलाई बहिराको क्लिनिकबाट भ्याक्सिन खरिद गरेर ल्याउन आग्रह गरिरहेका गोडियाले बताए ।

त्यस्तै डुडुवा गाउँपालिका वडा नम्बर ५ दलैपुरका रवि बुढाथोकीले अस्पताल आउँदा निःशुल्क मिल्छ भनेर यहाँ नहुँदा तर वडामा गएपछि मात्र निःशुल्क मिल्ने तर अस्पतालमा सकिसकेको बताए । रेबिज विरुद्ध खोप लगाउने वार्डमा जाने बित्तिकै ५० रुपैयाँको पर्चा काटेर बहिराको क्लिनिकबाट भ्याक्सिन खरिद गरेर ल्याउनुहोस अनि मात्र भ्याक्सिन लगाइन्छ । उनले भने–‘म जस्ता बिरामी सयौँ हुन्छन् धेरै जना भ्याक्सिन लगाएर फर्किसके समन्वय आर्थिक स्तर भएका मानिसहरूलाई धेरै गाह्रो समेत भएको देखिन्छ ।’ ७ ओटा भ्याक्सिन लगाउँदा सम्म ५५ सय बराबरको खर्च हुन आउँछ ।

ज्यालादारीमा काम गर्ने मानिसहरू काम छोडेर आफ्नो जानको मायाले दिनभरि लाइनमा बसेका हुन्छन् तर अन्तिममा बहिराको क्लिनिकमा किन्न लगाउने गरिन्छ । निःशुल्क भ्याक्सिन लगाउन पाइन्छ भनेर गाडी भाडा आटो भाडा तिरे अस्पताल आउँदा भ्याक्सिन नभएको जानकारी पाउँदा निकै दुख लागेको बिरामी बुढाथोकीले बताए । हामीले नेपालगन्ज उपमहानगरपालिकालाई खरिद गर्न अग्राह गरे पनि यो भ्याक्सिन निःशुल्क मिल्ने भएकोले नगरपालिकाले खरिद गर्दा नगरपालिकाको बेरुजु देखिने भएकोले नगरपालिकाले खरिद गर्न अस्वीकार गरेको मेसु डाक्टर सुवेदीले बताए ।

भ्याक्सिन सकिन लागेको छ भने प्रशासनमा एक साता पहिला जानकारी गराएको वार्डमा खटिएका डाक्टर कृष्ण बहादुर बुढाथोकीले बताए । स्टोरमा सकिन लागेपछि प्रशासन बिरामी र अस्पतालको मेसुलाई समेत जानकारी गाएको बुढाथोकीले बताए । यता रेबिज विरुद्धको भ्याक्सिन खरिद गर्ने सम्झौता स्वास्थ्य सेवा विभागले स्वीकृत नभएकोले समय समयमा अभाव भइरहेको भेरी अस्पतालका मेसु डाक्टर निराजन सुवेदीले बताए ।

रेबिज विरुद्धको भ्याक्सिन अस्पताल ल्याउनका लागि काठमाडौँ गएर स्वास्थ्य सेवा विभागमा चिठ्ठी समेत छोडेर आएको बताए । त्यहाँ मात्र नभएर बुटवल लगायत सम्बन्धित सबै ठाउँहरूमा लिखित पत्र पठाइसकेको छौ तर पनि कतै उपलब्ध नभएपछि हामी अस्पतालमा सूचना टाँसेरै बिरामीहरूलाई जानकारी गराउने र बहिराबाट खरिद गरेर भ्याक्सिन लगाउन अनुरोध गरिरहेको मेसु डाक्टर सुवेदीले बताए । अस्पताल प्रशासनको भ्याक्सिन ल्याउने क्रम जारी छ तर यो खरिद प्रक्रिया नभएकोले ल्याउन निकै कठिन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?