काठमाडौं ।
लगातार ६ दिन उकालो लागेको सेयर बजार सोमबार ओरालो लागेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४ अंकमा झरेको छ। बजारसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ९ अर्ब ५० करोड रुपैयाँको कारोबार भएकोमा आजको कारोबार ८ अर्ब ३७ करोड रुपैयाँमा सीमित रह्यो।

आज बजारमा ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घट्यो, बाँकी कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश क्षेत्रका सूचकहरू घटेका छन्, जहाँ फाइनान्स समूह सबैभन्दा बढी ३.७६ प्रतिशतले ओरालो लागेको छ। बैंकिङ, विकास बैंक, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन र अन्य सबै समूहमा गिरावट आएको छ। एक मात्र होटल तथा पर्यटन समूह भने ०.६१ प्रतिशतले वृद्धि भएको देखिएको छ।
सबैभन्दा धेरै माथिल्लो मैलुङखोला जलविद्युत्को सेयर मूल्य ६.५६ प्रतिशतले बढेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, भगवती हाइड्रोपावर, सिन्धु विकास बैंक र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ।
उता, सबैभन्दा बढी राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको मूल्य १० प्रतिशतले घटेको छ। ग्रिन डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्स जस्ता कम्पनीहरू पनि दोहोरो अङ्कमा गिरावटमा परेका छन्।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा र ङादी ग्रुप पावर रहेका छन्। बजारमा आएको यो समायोजनलाई विश्लेषकहरूले प्राकृतिक करेक्सनका रूपमा लिएका छन्।



