ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण

बचतकर्ताको रकम फिर्ता गर

२२ असार २०८२, आइतबार
२२ असार २०८२, आइतबार

तिलोत्तमा ३ डिङ्गर नगरमा रहेको दूरगामी सहकारी ठगीको घटनाले आम सहकारी सदस्यहरूमा चिन्ता थपिएको बेला शनिवार सहकारी दिवस मनाइएको छ । ‘सुखद भविष्यका लागि सहकारीलाई बलियो बनाऔँ’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाउँदै गर्दा सहकारीमा जोडिएका हजारौँ बचतकर्ताको रकम फिर्ताको विषय महत्त्वपूर्ण छ । तर, यो दिवस मनाउँदै गर्दा सहकारीमा अव पैसा राख्नु जोखिम हुने कुरा आम जनतालाई बुझाउनु पर्ने अवस्था सिर्जना भएको छ । किनभने नाम चलेका र बलियो ठानिएका सहकारी समेत डुब्दै जाँदा बचतकर्ताको रकम जोखिममा परेको छ । दूरगामी सहकारीले राम्रो नतिजा दिइरहेको थियो ।

तर, यसका सञ्चालकहरूले यसलाई डुबाए । अहिले सयौँ बचतकर्ताको रकम जोखिममा परेको छ । सहकारीका अध्यक्ष, सचिव र व्यवस्थापक फरार हुनु भनेको सहकारीको रकम ठुलो मात्रामा अपचलन भएको प्रमाणित भएको छ । अहिले सहकारीका सदस्यहरू दिनहुँ पैसा फिर्ता पाउने आशामा सहकारी धाउने गरेका छन् तर सहकारीका सञ्चालकहरू फरार हुँदा करोडौँ रकम अपचलन भएको आशङ्कामाथि बल पुगेको छ ।

यसअघि दुई महिना अगाडी बुटवलको एउटा अर्को सहकारीका सञ्चालकहरू समेत एकाएक कार्यालयमा ताला चाबी लगाएर फरार भएका थिए । रास्वपा अध्यक्ष रवि लामिछाने जोडिएको सुप्रिम सहकारी ठगीको कुरा त छँदै छ । यसरी बुटवलकै हजारौँ ग्राहकले सहकारीमा राखेको रकम डुबेको छ । सहकारी दिवस मनाउँदै गर्दा सहकारीमा पैसा राख्नु जोखिम हो भन्ने कुरा आम जनमानसमा जानकारी दिनु जरुरी छ । नेपालमा सहकारी संस्था दर्ता गरेर जनताको रगत पसिनामाथि ठगी धन्धा चलाउने गिरोहको पर्दाफास हुँदै आएको छ ।

राजनैतिक दलका उच्च पदस्थ नेता र कर्मचारीतन्त्रसम्म उनीहरूको जालो विस्तारले सहकारी कमाउधन्धाका लागि नै स्थापना भएका हुन भन्दा अन्यथा हुँदैन । यद्यपि सबै सहकारीलाई एउटै डालोमा हाल्न सकिँदैन तर जनताको गुनासो बैंक र वित्तीय संस्थाहरू जस्तै सहकारीहरूले बचतकर्ताबाट निक्षेप सङ्कलन गर्ने र उनीहरूलाई नै चर्को ब्याजमा फसाउने गरिएको भन्ने छ । अर्कोतर्फ सहकारीमा राखेको रकम सुरक्षित छ भन्ने कुराको ग्यारेन्टी समेत नहुने अवस्था आएको छ । किनभने पछिल्लो समय सहकारीहरू बचतकर्ताको पैसा उठाएर भाग्ने प्रवृत्ति बढ्दै गएको छ भने लघुवित्तहरूले ऋणीबाट चर्को साँवा ब्याज उठाएर जनतालाई आतङ्कित बनाएको घटना सार्वजनिक भैसकेको विषय हो । सहकारीहरू सहकारी नियम अनुसार सञ्चालन हुन नसक्दा यो अवस्था आएको छ ।

तसर्थ नेपाल सरकारले सहकारीलाई कडा नियमन गर्नु जरुरी छ । सहकारीलाई मनपरी गर्न छोड्दाको परिणाम आज हजारौँ बचतकर्ताको रकम डुबेको अवस्था हो । अहिले पनि सहकारीका पदाधिकारीले सहकारी ऐन नियम विपरीत तलब खाएको उदाहरण देखिएको छ । निश्चित रूपमा जनताको पैसामा रजाइँका घटनालाई मात्रै अध्ययन गर्ने हो भने पनि सहकारीको नाम अग्रपङ्क्तिमा आउँछ । गाउँमा भन्दा सहरमा बेथिति बढी छ । सहकारीले ठगेका उजुरीका चाङ प्रायः प्रत्येक जिल्लाका प्रहरी कार्यालयमा सुरक्षित रहेको अवस्था छ ।

राम्रामा गनिने सहकारी पनि केही समयमा टाट पल्टिएका उदाहरण खोज्न गाह्रो छैन तर पनि नयाँ खुल्ने र सदस्य ठगिने क्रम उस्तै छ । प्रतिष्ठित सहकारी समेत डुब्न थालेपछि अव कुनै पनि सहकारीप्रति विश्वास गरिहाल्ने अवस्था छैन भन्दा अत्युक्ति हुँदैन । सहकारी नियममा नचल्दा र सरकारले समयमै अनुगमन नगर्दाको परिणामकै कारण अहिले सहकारी जोखिममा परेका हुन । नेपालमा धेरै सहकारीले सहकारीको मर्म र भावना विपरीत काम गर्दै आएको अवस्था छ । केही सहकारीले गलत गर्दा अरू सहकारी बदनाम हुने अवस्था आएको छ । अतः सहकारी दिवसको सन्दर्भमा पछिल्लो पटक प्रकाशमा आएको दूरगामी सहकारीमा पैसा जम्मा गरेका बचतकर्ताको रकम फिर्ता गर्नेतर्फ ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?