ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

आयुर्वेद उपचारमा सीमा पारीका पनि 

२२ असार २०८२, आइतबार
२२ असार २०८२, आइतबार

नेपालगन्ज, २२ असार ।

“लाजले रोकियो, तर उपचारले बाँचियो”—यो भनाइ नेपालगन्ज–५ की ४६ वर्षीया सन्तोषी यादवको जीवनसँग गाँसिएको छ । करिब सात महिनासम्म सेतो पानी बग्ने समस्याले पीडित उनी तीन महिनाअघि आयुर्वेद स्वास्थ्य केन्द्र पुगिन् । निःशुल्क औषधि सेवन गरेपछि अहिले उनी पूर्ण रूपमा स्वस्थ महसुस गरिरहेकी छन् । “सुरुमा लाज लाग्थ्यो, पछि गएर उपचार गर्दा अहिले धेरै आराम भएको छ । अब अरू दिदी बहिनीहरूलाई पनि यही सल्लाह दिन्छु,” उनले भनिन् । त्यस्तै, नेपालगन्ज वडा नम्बर ८ की ४२ वर्षीया शैलजा शर्माले वर्षौँदेखि घुँडाको पीडाबाट जुधिरहेकी थिइन् ।

चिकित्सककहाँ उपचार गर्दा पनि खासै सुधार आएन । एक दिन योग गर्न आयुर्वेद केन्द्र गएकी उनलाई त्यहाँ थेरापी र तेल मालिस सिफारिस गरियो । अहिले उनी सजिलै हिँडडुल गर्न र भ¥याङ चढ्न सक्ने भएकी छन् । यी दुवै महिलाको कथा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सशक्त प्रयासको एक उदाहरण मात्र हो—जहाँ धेरै महिलाहरूको स्वास्थ्य उपचारसँगै चेतना, आत्मबल र जीवनशैलीको परिवर्तन सुरु हुन्छ ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत महिला लक्षित कार्यक्रममार्फत बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले भान्सा सुधार र पोषण शिक्षाको माध्यमबाट महिलाको जीवनशैलीमा रूपान्तरण ल्याउने प्रयास गर्दै आएको छ । ‘स्वस्थ भान्सा, सशक्त महिला’ नाराका साथ सञ्चालन भएको यस कार्यक्रममा सस्तो, सहज र प्राकृतिक आयुर्वेद सिद्धान्तमा आधारित पोषणीय आहारमार्फत जीवनशैली परिवर्तनलाई मुख्य लक्ष्य राखिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा बाँकेको बैजनाथ गाउँपालिका –३ र ८ नम्बर वडामा ४० देखि ८० जना महिलाले, राप्तीसोनारी गाउँपालिकामा पालिकास्तरीय कार्यक्रममा ४०–६० जना र कोहलपुर नगरपालिकामा स्वयंसेविका तथा आमा समूह मार्फत ६०–८० जना महिलाले सेवा लिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्त सम्म मात्रै कुल ४ हजार १ सय ९३ जना महिलाले बाँके आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन् । तीमध्ये ७ महिना र ११ महिनाका २ जना बालिका, १ देखि ४ वर्षका ४८ जना, ५ देखि १६ वर्षका १११ जना, १७ देखि ५९ वर्षका ३ हजार ३२ जना र ६० वर्षभन्दा माथिका १ हजार महिलाले सेवा लिएका छन् । उनीहरू प्रायः तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, महिनावारी समस्या, बाथ, पायल्स, फिस्टुला, फिसर, अम्लपित्त, पिसाबको कठिनाइ जस्ता समस्या लिएर आयुर्वेद केन्द्र आइपुग्छन् ।

गर्भवती र स्तनपान गराइरहेकी आमाहरूको लागि केन्द्रले दुग्धवर्धक आयुर्वेद औषधि निःशुल्क वितरण गर्दै आएको जनाएको छ । पुष्यानुग चूर्ण, चन्द्र प्रभा वटी, त्रिफला चूर्ण, अभयारिष्ट लगायतका औषधिहरू यसमा पर्दछन् । सूचना अधिकारी गीता रेग्मीका अनुसार यी औषधिहरू प्रदेश सरकारले उपलब्ध गराउँछ ।थकान, बाथ, शारीरिक दुर्बलता, मानसिक अशान्ति लगायतका समस्यामा आयुर्वेदिक थेरापी प्रभावकारी देखिएको सेवा लिनेहरूको अनुभव छ । पछिल्लो एक वर्षमा १ हजार ५ सय ५१ जना महिलाले थेरापी सेवा लिएका छन् ।

स्नेहनमा ५८४ जना, एकाङ्गमा ७८१, सर्वाङ्गमा १८१ र सिरोधारामा ५ जनाले सेवा लिएका छन् । बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै भारतको बाबागञ्ज, नानपारा र रूपैडिहाबाट समेत महिलाहरू बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा लिन आउने गरेको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । यो विश्वास आयुर्वेद प्रणालीमा बढ्दो जनविश्वासको प्रमाणको रूपमा लिन सकिन्छ ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले आधुनिक चिकित्सा सुविधामा पहुँच नपुगेका महिला, बालबालिका, किशोरी र वृद्धवृद्धालाई लक्षित गरी सेवा पु¥याउँदै आएको छ । यसले परम्परागत आयुर्वेदिक प्रणालीको पुनर्जागरण मात्र होइन, जनस्वास्थ्य क्षेत्रमा पनि सकारात्मक छाप छोडेको छ ।

मुख्य रूपमा भान्सा सुधार, पोषण शिक्षा, मातृ–शिशु सुरक्षाको सन्देश, पञ्चकर्म जस्ता प्राकृतिक थेरापी, र सहज उपचार प्रवाहले गर्दा आयुर्वेद स्वास्थ्य केन्द्रप्रति समुदायको विश्वास अझ बढ्दो छ । ‘‘बोल्दैनथ्यौँ, अब बोल्छौँ । लाज मान्थ्यौँ, अब जानकार छौँ । रोग सहन्थ्यौँ, अब उपचार गर्छौँ ।’’ आयुर्वेद स्वास्थ्य केन्द्रबाट उपचार सेवा लिएका बाँकेका महिलाहरूको साझा आवाज यही हो, जो आजको दिनमा साँच्चिकै प्रेरणादायी र अनुकरणीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?